कृष्ण राज गिरी /भैरहवा
अत्यधिक गर्मी बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरका सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले सुचना जारी गर्दै नगर भित्रका सम्पुर्ण सामुदायिक ,संस्थागत तथा धार्मिक विधालयहरु मा जेठ २२ गते सोमवार देखि जेठ २६ गते शुक्रवार सम्म पाँच दिन गर्मी विदा दिने निर्णय गरेको हाे।
सिद्धार्थनगर नगरपालिकाका उपसचिव चेतनशील लम्साल ले ' केही दिन देखि वढीरहेको तापक्रमले अत्याधिक गर्मी भई जनजीवन प्रभावित भैरहेकोले बालबालिकाहरुको विधालय आवागमन एवं पठनपाठनमा समेत समस्या देखिएको हुँदा विदा दिने निर्णय गरिएको बताए ।
गर्मीले विधालय संचालनमा कठिनाई भएको भन्ने जनगुनासोलाई मध्यनजर गर्दै नगर समितीको निर्णय अनुसार वर्षे विदावाट समायोजन गर्ने गरि जेठ २२ गते देखि जेठ २६ गते सम्म नगर भित्र का सम्पुर्ण शैक्षिक संस्थाहरु विदा दिने निर्णय भएको ' जानकारी दिए ।
विदाको अवधिमा सबै अभिभावक ले आ-आफ्ना बालबालिकाहरुलाई दिउसो घाम मा हिंडडुल गर्न नदिनुहुन र आवश्यक सावधानी अपनाउन समेत अनुरोध गरे ।




