महोत्तरी(औरही) – औरही नगरपालिकाबाट २ जना मुश्लिम धर्माबलम्बीहरु हजका लागि साउदी अरेबिया प्रस्थान गरेकोमा औरहीका युवा र राजनीतिकर्मीले सम्मान साथ उनिहरुलाई बिदाइ गरेका छन् । औरही नगरपालिका वडा २ बाट मो.मैदुन अन्सारी र अब्दुल सुभान अन्सारीलाई इस्लाम धर्ममा सबैभन्दा महत्वपूर्ण मानिने हज यात्राका लागि जान लागेको हुँदा दुवै जनालाई औरही नगरपालिकाका युवा,राजनीतिकर्मीहरु र हिन्दु समाजद्वारा सम्मान गर्दै विदाइ गरेका हुन् ।
हज यात्रामा निस्किएको इस्लाम धर्मावलम्बीको टोलीलाई एक कार्यक्रमको आयोजना गरि हिन्दु र मुस्लिम बीच रहेको माया प्रेम र सदभाव कायम रहेको संदेश दिदै औरही नगरपालिका २ बस्ने युवा दिपेन्द्र यादव र लोसपा पार्टीका नगर संयोजक दरेश यादवले बताउदै सो कार्यक्रममा पुगेर बिदाइ गरेका हुन्।
बिदाई कार्यक्रममा युवाहरुमा नथुनी ठाकुर,रामबाबु साह, घनश्याम यादव,नगेन्द्र त्यस्तै राजनीतिकर्मीहरुमा नेपाली कांग्रेशका नगर योजक युगी यादव,नेकपा एमाले पार्टीका युवा नेता सरोज यादव र जनमत पार्टीका नेता दिनेश चौधरी लगायत स्थानीयहरु मिलेर आफ्नो गाउबाट हज गर्न जाने दुई हज यात्रीलाई बिदाई र सम्मान गरेका थिए।
कोभिड संक्रमणका कारण अघिल्ला दुई वर्ष हज (तीर्थाटन) गर्न नपाएका नेपाली मुसलमानहरु यो वर्ष हजका लागि प्रस्थान गरेका हुन्। हालै नयाँ जिम्मेवारी पाएका समितिका अध्यक्ष मकबुल मिया (शाह) को नेतृत्व मार्फत हज यात्राको व्यवस्थापनको जिम्मेवारी नेपाल हज समितिले लिएको छ।
अध्यक्ष मकबुलका अनुसार सन् २०२३ को हज यात्राका लागि एक हजार ९२ जना छनोटमा परेका छन्। हज यात्री नेपालबाट यही जेठ १६, १७, १८, २०, २१ र २२ गतेको उडान मार्फत त्यसतर्फ जाने समितिले जानकारी गराएको छ। साउदी अरबको मक्का मदिनामा नेपालबाट १ हजार १ सय २० जना हजयात्रीहरु हज गर्नका लागि मक्का मदिना जाने हज समितिको सचिवालयले कार्यतालिकामा उल्लेख गरिएको छ ।
कपिलवस्तुबाट १९१, कैलाली २, सुर्खेत १, बर्दिया ५, दाङ ३, अर्घाखाँची ८, नवलपरासी ९, पाल्पा १, स्याङ्जा ६, कास्की ५, गोरखा २३, चितवन २, तनहुँ ३, रुपन्देही ३ र नुवाकोट ४ गरी २ सय ६६ जना हजहात्री पहिलो चरणमा साउदी अरबको मक्का मदिना प्रस्थान गर्ने कार्यतालिका रहेको सचिवालयले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । जेठ १९ गते शुक्रवार बाँकेबाट १३६ र रुपन्देही १०४ गरी २४० जना, जेठ २० गते शनिवार रौतहटबाट ९५ र बारा २७ गरी १२२ जना र जेठ २२ गते सोमवार काठमाडौँबाट ३४, पर्सा २६, सर्लाही ३९ र धनुषा ३३ गरि १३२ जना हजयात्रीहरु प्रस्थान गर्ने कार्यतालिका रहेको छ । त्यसैगरी जेठ २३ गते मङ्गलवार झापाबाट १०, मोरङ २२, सुनसरी १८४ र सप्तरी ७२ गरि २८८ जना र जेठ २४ गते बुधवार महोत्तरीबाट ४१, सिराहा २७, सप्तरी २ र बाँके २ गरी ७२ जना हजयात्रीहरु साउदी अरबको मक्का मदिना जाने सचिवालयले जनाएको छ ।
गृह मन्त्रालय र साउदीको हजा तथा उमरा मन्त्रालयको आग्रहमा शाह नेतृत्वको समितिले हज यात्रा व्यवस्थापनको जिम्मेवारी लिएको छ। सन् २०२२ मा नेपालदेखि हज गर्न जाने हज यात्रीहरूको व्यवस्थापन गृह मन्त्रालय अन्तर्गत रहेको हज समितिले गरिरहेको छ। साउदी सरकारले आफ्नो ठूलो बजेट हज तथा उमरा मन्त्रालय मातहत रहेर खर्च गरिरहेको छ। यस वर्ष पनि नेपाल हज समितिले नेपालबाट साउदी अरबस्थित मक्का (पवित्र तीर्थस्थल) मा हज (तीर्थ) गर्न जाने नेपाली मुस्लिम धर्मावलम्बीको हज यात्राको समग्र व्यवस्थापन गर्नेछ।
समितिले नेपाल हज समिति कार्यविधि–२०७२ अनुसार गर्नेछ। साउदी अरेबियाको सरकारले हजको व्यवस्थापनमा सरसफाइ, सुरक्षा र खानपिन र पिउने पानीको सुविधा उपलब्ध गराउँछ। सन् २०२२ को हजमा नेपालीलाई विदेशमा खाना, खाजा, बास तथा तीर्थ गराउने कार्यमा उत्कृष्ट व्यवस्थापन गरिएको थियो।















