कृष्ण राज गिरी/भैरहवा
रुपन्देही को सिद्धार्थनगर नगरपालिका ले वैदेशिक रोजगार वाट फर्केका हरुका लागि पुन: एकिकरण कार्यक्रम अन्तर्गत ‘ १५ दिने फास्टफुड बनाउने तालिम ‘ र ‘ व्यवसाय संचालन को लागि प्रविधि हस्तान्तरण’ कार्यक्रम शुरु गरेको छ।



तालिम जेठ २१ गते देखि शुरु भएको र अषाढ ३ गते सम्म संचालन रहनेछ। तालिम मा तीस जना वैदेशिक रोजगारी वाट फर्केका सहभागी हरु रहेका छन् ।
तालिम को वारेमा सिनपा उप-प्रमुख उमा अधिकारी ले ‘ सिनपा ले नगर भित्र वैदेशिक रोजगारी वाट फर्केका हरु को डाटा संकलन गरि , देश मै रोजगार को विषय मा छलफल गर्दा व्यवसायिक तालिम को माग भएको र थोरै लगानी , कम जोखिम र तुरुन्तै शुरु गर्न सकिने फास्टफुड उपयुक्त हुने सल्लाह आए अनुसार सिनपा ले तालिम शुरु गरेको ‘ जानकारी दिइन् ।तालिम पश्चात यहिँ व्यवसाय गर्ने तालिम का सहभागीहरुले जनाएको थप आफ्नो भनाई जोडिन् ।




