महोतरी - गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि सर्लाहीको लालीगुरास युवा क्लब श्रीनगरले उचालेको छ । आयोजक सामुदायिक विकास युवा क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि उचालेको हो ।

निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा सामुदायिक विकास युवा क्लबका खेलाडीको एक सुट आउट भएपछि आयोजन पराजित भएको हो । खेलअवधिमा आक्रमक सामुदायिक विकाससंगको खेलमा श्रीनगर प्रतिरक्षामा उतरेका थिए । तर पेनाल्टी सुटमा श्रीनगर विजयी भएको थियो ।

टुर्नामेन्टको विजयी टिमलाई नगद १० हजार १ सय रुपैया नगद, कप र मेडल प्रदान गरिएको छ । टुर्नामेन्टमा दोश्रो स्थान प्राप्त गरेका आयोजक सामुदायिक विकास युवा क्लबले नगद ५ हजार, कप र मेडल प्राप्त गरे ।

शुक्रबार भएको सेमिफानल खेलमा टुटेश्वरलाई पराजित गर्दै सामुदायिक विकास युवा क्लब फाइनलमा र जमुनियालाई पराजित गरी श्रीनगर फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।







