सर्लाही। सर्लाहीमा प्रहरीले भारतीय नम्बर प्लेटको टाटासुमो प्रयोग गरी २१ बोरा भन्सार छली गरी ल्याएको अवैध चिनि सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कविलासी नगरपालिका वडा न. ७ गैर निवासी अन्दाजी ४४ बर्षिय सवारी चालक राम सुदिल राय, सोही गाडीमा सवार सोही ठाउँ निवासी अन्दाजि २६ बर्षिय सुनिल यादव रहेको प्रहरीले जनाएको हो ।
विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यलय, बरहथवाबाट प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रको कमाण्डमा खटिएको टोलीले बसवरिया गा.पा. ४ गोनर्वा स्थित दक्षिणबाट उत्तर तर्फ आउदै गरेको BR०६PA ७८७१ नम्बरको टाटा सुमो गोल्ड गाडीलाई चेक जाँच गर्दा उक्त गाडी भित्र अबैध रुपमा भन्सार छली गरी ल्याईरहेको उक्त परिमाण बराबरको अवैध चिनीको बोरा फेला परेको थियो ।
पक्राउ परेका २ जना नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि जिल्ला भन्सार कार्यालय,सर्लाही पठाईएको इलाका प्रहरी कार्यलय, बहरथवाले जनाएको हो ।




