ढल्केवर- धनुषाको मिथिला नगरपालिकाले नगरपालिका भित्र रहेका ६१ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेका छन्।
बिहिबार मिथिला नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा ढल्केवर धनुषाको आयोजनामा ढल्केबरको राधाकृष्ण समुदायिक भवनमा मिथिला नगरपालिका भित्रका ९० वर्ष कटेका ज्येष्ठ नागरिकहरुलाई गम्छा ओढाएर थर्मश,छाता ,टर्च ,लाठी, ब्याग दिएर सम्मान गरेका छन्।




मिथिला नगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका महिला विकास निरीक्षक भगवती गजुरेलको अध्यक्षता र मिथिला नगरपालिका को उपप्रमुख सुनिता सिंह बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
ज्येष्ठ नागरिकहरु हाम्रा समाजका जिउदै भगवान् हुन् वहाँहरुको लागि हामीलाई के गर्नुपर्छ गर्नलाई तयार छौं। लाठी दिएर मात्र काम चल्दैन,वहाँहरुको लागि छुट्टै पार्क निर्माण गर्ने र लाठीको साहारा भएपनि सोहि पार्क सम्म जान सकोस् भन्ने किसिमको वातावरण बनाउने कुरा उपमेयर बुढाथोकीले जिकिर गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा मिथिला नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने,वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु सहित नगरपालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको कुरा मिथिला नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका बाल कल्याणकारी अधिकारी मिलन देवी श्रीवास्तावले बताउनुभयो।
कार्यक्रमको उदघोषण तथा सञ्चालन मिथिला नगर बाल संजालका अध्यक्ष दिपेश कुमार सिंहले गर्नुभएको थियो।




