जनकपुरधाम- प्रादेशिक अस्पताल जनकपुरधामको निर्देशकमा डा. रामनरेश पण्डित नियुक्त भएका छन् ।
मधेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेज्ञ डा. पण्डितलाई बुधबार निर्देशक नियुक्त गरेको हो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पतालमा यसअघि निर्देशक डा. प्रमोद यादव थिए ।
उनलाई मधेश सरकारले केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव नियुक्त गरेपछि सो पद खाली रहेको थियो ।


