सर्लाही। सर्लाहीको हरिपुर नगरपालिका वडा नं. ३ मा माइती बाट एक लाख नल्याएको भन्दै अब्दुल साह फकिरले आफ्नो अन्दाजी २३ वर्षीया श्रमती ईदा खातुनको हत्या गरेको आरोप लागेको छ ।ईदाको हत्यारालाई कार्वाहीको माग गर्दै नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत फरदवामा मृत्कका आफन्त तथा फरदवाका स्थानियहरुहलले दोषीलाई कार्वाहीको माग गर्दै बाटोमै शव राखेर प्रदर्शन गरिरहेको छ । ईदाको हत्या गरेर ससुराली पक्षले शुक्रवार झुण्डीयाएर आत्महत्यामा परिणत गर्न खोजेको भन्दै आफन्त तथा स्थानियहरु यो समाचार तयार पर्दा सम्म पर्दर्शन गरिरहेको छ ।
केही दिन अघि मात्रै वैदेशिक रोजगारीमा जादै छु भन्दै अब्दुल आफनो श्रीमत ईदालाई माइती बाट एक लाख ल्याउन भनेको थियो, छोरीले आमा बुवा विपन्न छन, पैसा छैन भन्दा अब्दुलले शाररीक तथा मानसिक यातना दिने गरेको मृत्ककी आमा मरियम खातुनले बताउनुभयो । छोरी इदालाई जवाई अब्दुल, छोरीको ससुराबा हसन साह फकिर,सासु आमा ताजमुन खातुन र नन्द रैमुन खातुन मिलि शुक्रबार निर्घात कुटपिट मुखमा कपडा घुसेरर मारेको मृत्क ईदाकी आमा मरियमले बताउनुभयो । छोरीलाई मानसिक तथा शाररिक यातना दिएपछि शुक्रबार बिहान गाउमै पंचायती गरेर छोरीलाई ससुराली पठाए तर अपरान्ह ३ बजे ५ वर्षीय नातीले आमालाई बुवाले मारेको भन्दै चिचाउन थालेपछी घटना सार्वजनिक भएको मृत्ककी बुवा मंसुर साह फकिरले बताउनुभयो ।
आरोपित अब्दुलको छिमेकी कादमुन खातुनले ईदाको बिहे भएपछी नै अब्दुल लगायत उनको परिवारले ईदालाई निर्घात रुपमा कुटपिट तथा मानसिक यातना दिने गरेको बताउनुभयो ।इदाकी छोरा ५ वर्षिय कमलेन साहले भनेपछी मात्र हामीलाई थाहा भएको इदाको हत्या भएको छ । हामी शवलाई हेर्न जाँदा मृत्क इदाको पुरै शरिरमा माटो लागेको थियो, मुखमा कपडा ठुसी ठुसी कुटेको र मृत्यु भएपछी भुण्डयाएको कादमुन खातुनले बताउनुभयो । ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिजय कुवरले घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको बताउनुभयो ।
शुक्रबार हामीलाई ६ बजे झुण्डिएर ईदाको मृत्यु भएको घटना बारे जानकारी भएको थियो, त्यसपछी शवको पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाएका थियौँ प्रहरी निरीक्षक कुवरले बताउनुभयो । घटना बारे अन्य अनुसन्धान कार्य भैरहेको प्रहरी निरीक्षक कुँवरले बताउनुभयो ।




