
कृष्ण राज गिरी/भैरहवा
बजार क्षेत्र को फोहोर मैला व्यवस्थापन को लागि रुपन्देही को सिद्धार्थनगर नगरपालिका, वार्ड नं १२ ले आफ्नो वडा भित्र पर्ने बजार क्षेत्र मा डष्डविन वितरण गरेको छ। सडक छेउ मा राखिने यो डष्टविन वडा भित्र को मुख्य वजार को पच्चिस ठाउँमा राखिने छ।

सिनपा-१२ का जेष्ठ नागरिक खगराज आचार्य को प्रमुख आतिथ्य र वार्ड अध्यक्ष कुमार गुरुङ को अध्यक्षता मा डष्टविन वितरण कार्यक्रम संपन्न गरिएको थियो।कार्यक्रम मा अध्यक्ष गुरुङ ले 'बजार भित्र को फोहोर मैला व्यवस्थापन को लागि डष्टविन वितरण सानो प्रयास रहेको र यस्को सबैले सुरक्षा र संरक्षण गर्नु पर्नै , सधै भरि यो सानो सानो प्रयास ले केहि नहुने र दिर्घकालिन सोच को साथ अघि वढ्न जरुरी भएको र अघि वढिने ' भन्दै आफ्नो भनाई राखे ।

जनताहरु ले पनि फोहोर मैला व्यवस्थापन को लागि कर को रुप मा केहि रकम सहयोग गर्नु पर्ने थप भनाई राखे । सिनपा-१२ का वडा सदस्य समिर गुरुङ ले 'यो त शुरुवात मात्र भएको र आउने दिन हरु मा फोहोर मैला व्यवस्थापन को लागि नयाँ सोच र दिर्घकालिन समाधान सहित अघि वढ्ने ' भन्दै आफ्नो भनाई राखे ।
कार्यक्रम मा महिला वडा सदस्य द्रुपदा पनेरु लगाएत बजार क्षेत्र का व्यापारी हरु को पनि उपस्थिती रहेको थियो ।