महोत्तरी- बर्दिवास नगरपालिकामा बागी उम्मेदवारी दिएर मेयर जितेका प्रह्लाद क्षेत्रीलाई नेपाली कांग्रेसले गरेको कारबाही फिर्ता लिएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले वर्दिवास नगरपालिका महाधिवेशन प्रतिनिधि तथा हालका नगर प्रमुख प्रहलाद क्षेत्रीलाई पुनः सोहि जिम्मवारी दिएको छ । नगर प्रमुख क्षेत्रीको कांग्रेसभित्रको साविकको पदलाई निरन्तरता दिँदै बिद्रोहीका रुपमा मेयरमा चुनाव लड्दा भएको कारवाही फुकुवा गरिएको हो ।
पुनः पार्टीमा रही हिजोका आफ्ना गतिविधिलाई आत्मसात गर्दै पार्टीको आदर्श, सिद्धान्त र उद्देश्य अनुसार क्रियाशील रहने गरी निवेदन दिई पार्टीमै रहने प्रतिवद्धता व्यक्त गरेकोले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने गरी उनको साविकको पदलाई निरन्तरता दिदै कारवाही फुकुवा गरिएको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द प्रसाद ढुंगानाले उनका नाममा जारी गरेको पत्रमा उल्लेख छ ।
पत्रमा क्षेत्री सहित २६ जनाको कारबाही फुकुवा गरिएको उल्लेख छ।




