धनुषा- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश द्वारा धनुषाको मिथिला नगरपालिका स्थित श्री जनता माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समुहका पदाधिकारीहरुसँगको कार्यक्रम तथा अगामी रणनीति बारे छलफल गरिएको छ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, कार्यक्रम फोकल पर्सन बरुण बस्याल सहित मानव अधिकार शिक्षा कार्यक्रम का केन्द्रिय फोकल पर्सन सोना प्याकुरेलको उपस्थितमा गरिएको छलफल कार्यक्रममा बाल अधिकार सचेतना समूहले यस वर्ष गरेका विभिन्न क्रियाकलाप तथा उपलब्धी बारे छलफल गर्नुको साथै अगामी रणनिती बारे समेत छलफल गरिएको थियो ।

शुक्रबार मिथिला नगरपालिका वार्ड नं ६ ढल्केवर स्थित महेन्द्र मावि मा , सोहि विधालय व्यवस्थापन समितिका अध्यक्ष चन्देश्वर महतोको उपस्थितिमा आगामी कार्ययोजना बारे छलफल गरिएको कुरा इन्सेक धनुषा जिल्ला सहजकर्ता अनिता यादवले बताउनुभयो।

साथै सोहि नगरपालिकाको वार्ड नं २ स्थित रहेको श्री जनता माध्यमिक विद्यालय मा रहेको बाल अधिकार संचेतना समुह का पदाधिकारी सँग समेत छलफल गरिएको बताउनुभयो।




