महोत्तरी- गाैशला नगरपालिका ९ भरतपुर घर ५३ वर्षीय निरञ्जन बराल असार ६ गते देखि हराएका छन् ।
निरञ्जनकी पत्नी शीला बरालको अनुसार असार ६ गते दिउँसो १२ बजे बाहिर जान्छु भनेर घरबाट निस्केका मान्छे हाल सम्म सम्पर्क बिहीन अवस्थामा रहेको छ।
पत्नी शीलाका अनुसार दिन भरि घर नफर्केपछि बुधवार साझ देखि सोधी खोजी गरेर खोजतलास गरेपनि हाल सम्पर्क विहिन अवस्थामा रहेको छ। उनले भनेको ठाउँदेखि सबैतिर खोजी गर्दा पनि अझै सम्पर्कमा नआएको उनले बताए ।
उनले इलाका प्रहरी कार्यालय गौशलामा पनि मानिस हराएको भनि निवेदन दिएको जनाएकी छिन् ।
प्रहरीले पनि निरञ्जनको खोजतलास सुरु गरेको छ ।
हराएका ५३ वर्षका निरञ्जन बराललाई देखेमा परिवार अथवा नजिकको प्रहरी चौकीमा खबर गरिदिन उनका परिवारजनले आग्रह गरेका छन । सम्पर्कका लागि नम्बरहरु 9860102000 वा 9844103815 मा खबर गरिदिनु हुन अनुरोध गरेका छन् ।





