सर्लाही। सर्लाहीको चन्द्रनगर पोलि टेक्निक इन्स्चिुडका प्रकाउ परेका २० जना आन्दोलित विद्यार्थीहरुलाई प्रहरीले रिहा गरेको छ । चन्द्रनगर गाउँपालिकामा आगजनी, ढुंगामुडा, तोडफोड तथा कर्मचारीमाथि हातपात र गाउँपालिका अध्यक्ष राजकुमार महतोको घरमाथि ढुंगामुडा, गालीगलौज सहित घरको अगाडी टायर बालेर प्रदर्शन गरेको आरोपमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको थिए ।
आन्दोलित विद्यार्थीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यलय, सर्लाहीका प्रहरी उपरीक्षक नरेराज सुवेदीले जानकारी दिए । विद्यार्थीहरु भएका कारण तत्काल रिहा गरिएको छ, उहाँले भने । गाउँपालिकाबाट किटानी जाहेरी आएको बारे सोध्दा यसबारे आफू अनविज्ञ रहेको उहाँको भनाई छ । सार्वजनिक सम्पत्तिको समेत तोडफोड तथा क्षति गरिएको छ, स्थानिय सरकारले शान्ति सुरक्षाको माग गर्दै कार्वाहीको लागि विज्ञप्ती निकालेको छ भने सोधिएको प्रश्नमा उहाँले सार्वजनिक सम्पत्तिमा तोडफोड र क्षति पुर्याउनेलाई हदैसम्मको कार्वाही गर्छौ, उहाँले भने ।



कोही उम्कन पाउदैन । पक्राउ परेका विद्यार्थीहरुलाई पूर्व गाउँपालिका अध्यक्ष महेन्द्र महतो सुडडी, उपाअध्यक्ष पति तथा उपाध्यक्ष स्विकिय सचिव महाविर महतो, गाउँपालिका अध्यक्ष प्रत्यार्शी लोकेन्द्र मुखिया र वार्ड न. ३ का वडाअध्यक्ष सिताराम महतोको सक्रिय भएपछि विद्यार्थीहरु थुना मुक्त भएका हुन । यता गाउँपालिका राजकुमार महतोले विद्यार्थीहरु उनिहरुको उक्साहटमा गाउँपालिका कार्यलयमा आएर ढुंगामुढा गरेको दाबी गरे । विद्यार्थीहरु गाउँपालिकाको कार्यलयमाथि तोडफोड, आगजनी र ढुंगामुडा गर्दा मस्त निन्द्रामा सुतेका उनिहरु आन्दोलित विद्यार्थीहरु पक्राउ गरे लगत्तै मस्त निन्द्राबाट ब्यूझिए छुटयाउनका लागि सक्रिय भएको उहाँको भनाई छ । उहाँले यस घटनालाई आफैं धाँमी, आफैं बोक्सीको समेत संज्ञा दिदै आन्दोलित विद्यार्थीहरुलाई कानुनी कार्वाहीको दायरामा ल्याउनुका साटो उनिहरु जिल्ला प्रहरी कार्यलय, सर्लाहीमा पटक पटक ताकेता र राजनितिक पहुँच लगाए विद्यार्थीहरुलाई थुनामुक्त गराएको टिप्पणी गरे । विद्यार्थीहरु उनिहरुको उक्साहटमा आएर तोडफोड तथा ढुंगामुडा गरेको थिए ।
घटना सुनियोजित रहेको उनिहरुकै कर्तुतबााट प्रस्ट भएको महतो बुझाई छ । चन्द्रनगर पोलि टेक्निक इन्स्टिच्यूडका विद्यार्थीहरु शिक्षक, किताब र कलेज व्यवस्थापनको माग राख्दै आइतबारका दिनदेखि आन्दोलित थिए । स्वयम सेवक शिक्षक भर्ना कार्यक्रमलाई समेत कार्यपालिका बहुमतको आडमा उनिहरुले रोकेको प्रमुख प्रशासकिय अधिकृत मदनबहादुर थिंगले जानकारी दिए । चन्द्रनगर गाउँपालिका कार्यलय र गाउँपालिका अध्यक्ष राजकुमार महतोको घरमा इलाका प्रहरी कार्यलय, केशगन्जका प्रहरी निरिक्षक लक्ष्मण केशीको कमाण्डमा भारी खंख्यामा प्रहरीको उपस्थितिमा ढुंगामुडा र गालीगलौज हुदाँ समेत प्रहरी मुखदर्शक र निरिह बनेको स्थानियको आरोप छ । प्रहरीलाई कसले कार्वाही गर्न रोकेका थिए, त्यो थाहा भएन तर प्रहरीले गतिलो कार्वाही र आन्दोलनकारीलाई नियन्त्रण गर्न नसक्दा उग्ररुप लिएको र परिणाम स्वरुप लाखौंका क्षतिबाट हुन पुगेको स्थानियको भनाई छ ।
केही व्यक्तिहरुले उचालेकोे भरमा गाउँपालिका अध्यक्ष, प्रमुख प्रसाशकीय अधिकृत सहित कसैलाई पनि पूर्व जानकारी नै नगरी र कुनै छलफल बिना नै चन्द्रनगर गाउँपालिकाको अध्यक्ष र अधिकाशं राष्ट्रसेवक कर्मचारीहरु “संस्थागत क्षमता स्वंमूल्यांकन तथा वितिय सुशासनको जोखिम मूल्यांकन सम्बन्धी क्षमता अभिवृद्धि २ दिने कार्यक्रममा बाहिर रहेको मौका छोपी चन्द्रनगर गाउँ कार्यपालिकाको कार्यालयमा रहेको कार्यालय सहयोगी लालबाबु राउत, विनोद मल्लिक माथि हातपात गरी कार्यालय भित्रै बन्द गरी ताल्चा लगाएको, केही उदण्ड व्यक्तिहरुले गाउँ कार्यपालिकाको सार्वजनिक सम्पति माथि ढुङ्गामुढा, आगजानी गरी भारी मात्रामा क्षति पुर्याएको, भिडियोमा प्रष्ट सुनिए अनुसार जनप्रतिनिधि र कर्मचारीलाई अपशब्द प्रयोग गरी गालीगलोज गरेको चन्द्रनगर गाउँपालिकाको कार्यलयले जनाएको छ ।
स्थानिय सरकारले विज्ञप्ती निकाल्दै उदण्डता गर्ने र जनप्रतिनिधि तथा कर्मचारीलाई अपशब्द प्रयोग गरी गालीगलोज गर्ने, सार्वजनिक सम्पति माथि तोडफोड गरी क्षति पुर्याउनेहरु माथि कानून अनुुसारको कारवाही हुनुपर्ने ,सार्वजनिक सम्पतिहरुको क्षतिपुर्ति तोडफोड गर्ने व्यक्तिले नै व्यहोर्नु पर्ने , उचाल्ने गिरोहहरुको सत्य तथ्य पता लगाई सार्वजनिक गर्न र कानुन बमोजिम कार्वाही गर्नुपर्ने, राष्ट्रसेवक कर्मचारी माथि गरिएको हातपात, गालीगलोज, भित्रै थुनिएको र त्यसमाथि ढुङ्गामुढा गर्ने व्यतिmहरु माथि कानुनी कारवाही गरी जनप्रतिनिधी तथा कर्मचारीको सुरक्षा गर्नु पर्ने लगायतका माग गरेको हो ।
आइतबार बिहान करिब आठ साढे ८ बजेको समयमा चन्द्रनगर गाउँपालिकाका कार्यलय पुगेका विद्यार्थीहरु कार्यलयमा ताल्चा लगाएर विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरी चौकी नाढीमन तालका असई विजयकान्त झा सम्झाई बुझाई फर्कन लगाएका थिए । तर केही व्यक्तिहरुले उक्साएर आन्दोलनलाई उग्र बनाएको प्रत्यक्षदर्शीले भनाई छ । विद्यार्थीहरुको आन्दोलनको नेतुत्व निमित्त प्रधानाध्यापक सुशिल सिंह र संचालक समितिका अध्यक्ष बाल्मिकी सिंहले गरेका थिए ।




