कृष्ण राज गिरी/भैरहवा
रुपन्देही प्रहरी द्वारा भारत वाट नेपाल तर्फ भंसार छलि अवैध रुपमा ल्याउँदै गर्दा मायादेवी गाउँपालिका वडा नं ५ मोतीपुर वाट मोजा, सेन्डो वन्डी, लगाएत विभिन्न समान वरामद गरेको छ। वरामद गरिएको समान को मुल्य लगभग ३ लाख ६९ हजार ५५० रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।




जिल्ला प्रहरी कार्यालय , रुपन्देही वाट खटिएको प्रहरी टोली ले असार ९ गते रुपन्देही कोटहीमाई गाउँपालिका वडा नं ३ का सैलेश कोइरी र करण भर लाई अवैध समान र निज हरु ले चलाएको मोटरसाईकल सहित नियन्त्रण मा लिएको छ। नियन्त्रण लिइएको मोटरसाईकल नं यु पी ५६ के ५९९० र लु २९ प २९६७ रहेको छ। भंसार छलि अवैध रुप मा नेपाल भित्राइएको समान मा मोजा ३६०० जोर,सेन्डो भेष्ट ३०० पीस,लेगिज १७५ पिस, सुट २१२ पिस, थान कपडा ४ रोल र बलाउज २५ पिस रहेको छ।
बरामद गरिएको सम्पुर्ण समान, मोटरसाईकल र पक्राउ गरिएको मानिस हरु लाई आवश्यक कार्वाही को लागि भैरहवा भंसार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देही का प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता श्यामु अर्याल ले जानकारी गराए।




