जनकपुरधाम- मधेश प्रदेशमा वर्षेनी रुपमा सर्पदंशका कारणले धेरैको मृत्यु भईरहेको वेलामा मधेश प्रदेश सरकारले सर्पको टोकाईवाट पिडत भएकालाई प्रभावकारी उपचार गर्नका लागि एन्टिस्नेक भेनम खोपको उत्पादन विषयमा विज्ञहरुसंग छलफल शुुरु गरेको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले एन्टीस्नेक भेनमका विषयमा विज्ञहरुको सहभागितामा राष्ट्रिय स्तरको छलफल कार्यक्रम आईतवार जनकपुरधाममा सम्पन्न गरेको छ । अहिले एन्टिस्नेक भेनम खोप भारतवाट ल्याउने गरिन्छ । वर्षेनी रुपमा भारतवाट एन्टिस्नेक भेनम ल्याउदा देशको करोडौ रकम विदेशीने गरेको छ ।




यति मात्र नभएर एन्टिस्नेक भेनम खोपको अभाव भएका वेलामा धेरै नेपालीको मृत्यु हुने गरेको छ । स्वदेशमा नै एन्टिस्नेक भेनम खोपको उत्पादन भएको खण्डमा मुलुकमा सहज आपूर्तीका साथै विदेशमा खोप निर्यात गरेर राम्रो आय आर्जन गर्न मिल्ने भएकाले नै विज्ञहरुसंग परामर्श गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख एवं निर्देशक डा. श्रवण मिश्रले जानकारी दिनु भयो ।
सर्पको टोकाईवाट पिडित भएकालाई हाल विभिन्न सरकारी अस्पताल तथा नेपाली सेनाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा हुने गरेको भएपनि ती ठाउँहरुमा विदेशवाट आयात गरिईएको एन्टी स्नेक भेनम खोपको गरेको छ । कार्यक्रममा बोल्दै मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नम्रता सिंहले कुन ठाउँमा कस्तो विशालु सर्पको प्रभाव छ त्यस विषयमा अनुसन्धान गरेर एन्टिस्नेक भेनम खोपको उत्पादन गर्न आवश्यक भएको बताए । उनले यसमा प्रदेश सरकारले सहयोग गर्नका लागि तयार भएको पनि बताए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंहले सर्पको टोकाईवाट जोगाउनका लागि स्वदेशमा नै एन्टिस्नेक भेनमको उत्पादनको प्रक्रिया अगाडी बढाउनका लागि प्रदेश सरकारले छलफल गर्नु स्वागत योग्य भएको बताउलै यस कार्यमा नेपाल सरकारले सहयोग गर्नका लागि तयार भएको बताए । राष्ट्रि स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव प्रदिप ज्ञवालीले एन्टिस्नेक भेनम उत्पादनका लागि मधेश प्रदेश सरकारले तयारीमा जुट्नुु सुखद भएको बताउदै अनुसन्धानको पक्षमा आफूहरु सहयोग गर्नका लागि तयार भएको बताए ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकूलपति प्राध्यापक डा.अंकुर साहले मानव स्वास्थ्यसंग जोडिएको एन्टिस्नेक भेनमको मधेश प्रदेशमा उत्पादन गर्ने विषयमा विमर्स शुरु हुनु स्वागत योग्य भएको बताए । राष्ट्रिय सरुवा रोग केन्द्रका पूर्व निर्देशक डा. गरिव दासले एन्टिस्नेक भेनम मधेश प्रदेशमा उत्पादनका लागि तयारी थाल्नु स्वागत योग्य भएको बताउदै यसमा आफूले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा वायोभ्याकका प्रतिनिधि डा. दिनेश कर्माचार्यले एन्टिस्नेक भेनम उत्पादनको विषयमा हालसम्म भएको प्रयास तथा अनुसन्धानको विषयमा जानकारी दिएका थिए भने सर्पमा विद्यावारिधी गरेका वेद प्रसाद पाण्डेले नेपाल तथा मधेश प्रदेशमा पाईने सर्पको विषयमा जानकारी दिनु भएको थियो ।
मधेश प्रदेशका जिल्लाहरुमा गर्मी तथा वर्षा शुरु भएपछि सर्पदंशको समस्या बढी मात्रामा हुने गरेको छ । समयमा उपचार नहुदा सर्पदंशकै कारणले धेरैको ज्यान गईरहेको छ । मधेश प्रदेशको ८ जिल्ला सर्पको जोखिममा रहेको छ । यी जिल्लाहरुमा किंग कोवार, कोवरा, करैत, साखड जस्ता विशालु जातका सर्पको बसोवास अत्यधिक मात्रामा रहेको छ ।




