धनुषा- प्रत्येक झै यस वर्ष पनि असार १५ गते राष्ट्रिय धान दिवस मनाइएको छ । यसवर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २०औँ धान दिवस मनाइँएको छ।
देशको कुल ग्राहस्थ उत्पादनमा धानको उल्लेखनीय भूमिका रहेको छ । नेपालमा हुुने कुल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन मधेस प्रदेशमा हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रर्वद्धन महाशाखा वरिष्ठ कृषि प्रसार अधिकृत रोशन कुमार मेहताको अनुसार यस प्रदेशमा अहिलेसम्म चैते र बर्षे दुबै मिलाएर १४ लाख ७३ हजार ६ सय ३ मेट्रिक टन धान उत्पादन भएकोे छ।



यस लामो समय देखि वर्षा नभएको हुँदा अहिलेसम्म करिब ८ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ। निर्देशनालयको अनुसार प्रदेशमा ४ लाख १ हजार ९१६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । प्रदेशमा ४ लाख १२ हजार १९१ हेक्टर खेतीयोग्य जग्गा रहेको छ ।
मन्त्रालयका अनुसार प्रदेशमा बारा जिल्लामा सबैभन्दा बढि धान उत्पादन भएको छ । कुल ५८ हजार २११ हेक्टर खेतीयोग्य जग्गामध्ये यस जिल्लामा २ लाख ३७ हजार ६९० मेट्रिक टन धान उत्पादन भएको हो । त्यहाँ प्रतिहेक्टर ४.०८ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको हो ।
यस्तै पर्सा जिल्लामा कुल ४७ हजार ५० हेक्टर खेतीयोग्य जग्गामा कुल २ लाख २८ हजार ५६० मेट्रिक टन धान उत्पादन भएको छ ।पर्सामा प्रतिहेक्टर ४.८६ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
सप्तरीमा ६३ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामा धान रोपाइँ गरिएकोमा १ लाख ८९ हजार ३ सय मेट्रिक टन धान उत्पादन भएको बताइएको छ । त्यस जिल्लामा प्रतिहेक्टर ३ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको छ ।
सर्लाहीको ४६ हजार ३५० हेक्टर खेतीयोग्य जग्गामा प्रतिहेक्टर ३.९९ प्रतिशत मेट्रिक टनको हिसाबले कुल १ लाख ८४ हजार ८७६ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
धनुषामा ५९ हजार हेक्टर खेतीयोग्य जग्गामा धान रोपाइँ गरिएकोमा प्रतिहेक्टर ३.०१ प्रतिशतको हिसाबले कुल १ लाख ७७ हजार ३३० मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, महोत्तरीमा ४५ हजार ८३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएकोमा प्रतिहेक्टर ३.५९ प्रतिशतको हिसाबले कुल १ लाख ६४ हजार ४९९ मेट्रिक टन उत्पादन भएको हो ।
सिरहामा ५४ हजार हेक्टर खेतीयोग्य जग्गामा धान रोपाइँ गरिएकोमा प्रतिहेक्टर ३.०१ प्रतिशतको हिसाबले १ लाख ६२ हजार ४२३ मेट्रिक टन उत्पादन भएको बताइएको छ । यस प्रदेशमा यसवर्ष सबैभन्दा कम रौतहटमा धान उत्पादन भएको मन्त्रालयले जनाएको छ । त्यहाँ ३८ हजार ७५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएकोमा प्रतिहेक्टर ३.३३ प्रतिशतको हिसाबले १ लाख २८ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको छ ।




