कृष्ण राज गिरी/भैरहवा
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ले नगर भित्र व्यवसायिक पशुपालन गर्ने कृषक हरु लाई चारा काट्ने मेशिन, विधुतिय च्यापकटर वितरण गरेको छ।आर्थिक वर्ष २०७९-२०८० को वार्षिक कार्यक्रम मा नगर भित्र का बिस जना व्यवसायिक पशुपालक कृषक हरु लाई ७५% अनुदान मा विधुतिय च्यापकटर मेशिन सोमवार सिनपा कार्यालय मा वितरण गरेको हो ।वितरण कार्यक्रम मा सिनपा प्रमुख इस्तियाक अहमद खान र उप-प्रमुख उमा अधिकारी को उपस्थिती रहेको थियो।




व्यवसायिक कृषक लाई विधुतिय चारा काट्ने मेशिन वितरण को वारे मा सिनपा कृषी तथा पशु शाखा प्रमुख योगेन्द्र प्रसाद यादव ले ‘ वितरण गरिएको विधुतिय चारा काट्ने मेशिन ले कृषक ले घण्टौ लगाएर गर्ने काम थोरै समय मा हुने र कुनै घाँस हरु पनि खेर नजाने भएको ले समय को बचत भएपछि त्यो समय अन्य काम मा कृषक ले दिन सक्ने र कृषक लाई धेरै राहत हुने ‘ जनाए । सिनपा वडा कार्यालय हरु वाट आएको शिफारिस को आधार मा कागजी प्रकृया पुगेका लाई वितरण गरिएको थप बताए ।

सिद्धार्थ नगर नगरपालिका ले मंगलवार नगर लाई ‘क्लिन ग्रीन र इको फ्रेन्डली नगर ‘ वनाउन को लागि भनेर ७५% अनुदान मा चार हजार चार सय वटा विभिन्न प्रकार का फलफुल का विरुवा हरु पनि वितरण गर्दैछ। सिनपा भित्र का नगरवासी हरु ले कृषी शाखा मा सम्पर्क गरि विभिन्न फलफुल का विरुवा हरु लिन सक्ने सिनपा ले जनाएको छ।




