सिरहा। सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ स्थित नयाँ चोहर्वामा रहेको सव डिभिजन वन कार्यलयको अगाडि मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तरगत पर्ने नयाँ चोहर्वामा सडक छेउमै लडेर मृत्यु भएको अवस्थामा एक पुरुषको शव फेला परेको हो । पुरुषले निलो पेन्ट, कालो सर्ट, मुखमा कालो माक्स, टाउकोमा कालो टोपी र साइकलको पहाडीमा झोला र छाता रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिए ।
मृत अवस्थामा फेला परेको शवको पहिचान अहिले सम्म खुल्न नसकेको इलाका प्रहरी कार्यलय मिर्चैयाका इन्स्पेक्टर सोनु साहले जानकारी दिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




