राधेश्याम कुशवाहा/गोडैता सर्लाही
सर्लाहीको गोडैता नगरपालिका वार्ड न. २ स्थित जयपुर स्वास्थ चौकीलाई नयाँ चर्पी निर्माण गरी हस्तानान्तरण गरिएको छ ।



राष्ट्रिय रोजगार प्रबर्दन केन्द्र, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र गोडैता नगरपालिकाको सहकार्यमा उक्त चर्पी निर्माण गरिएको आरआरपिकेका फिल्ड अफिसर सृजना घिमिरेले जानकारी दिईन ।
समुदायको सक्रिय सहभागितामा स्वास्थ चौकीका नयाँ शौचालय निर्माण र स्वास्थ चौकी मर्मत कार्यका लागि कुल ७ लाख ३० हजार २ सय २८ बजेट विनियोजन गरिएको थियो ।

जसमध्ये आरआरपिकेको तर्फबाट ४ लाख ३ हजार ४ सय अठासी र सेफटी टंयाकी निर्माण र फिल्ड ढलानका कार्यका लागि गोडैता नगरपालिका वार्ड न. २ को तर्फबाट ३ लाख २६ हजार ७ सय ४० प्राप्त भएको स्वास्थ चौकीले जनाएको छ ।
स्वास्थ चौकीमा नयाँ चर्पी निर्माण गरी हस्तानान्तरण गरिएकोमा स्थानियवासी लगायत स्वास्थ चौकीका कर्मचारीहरुले आरआरपिके परिवारलाई विशेष धन्यावद समेत दिएका छन ।
स्वास्थ चौकीमा व्यवस्थित चर्पी नहुदाँ स्वास्थ चौकीका कर्मचारी तथा स्वास्थ चौकीमा स्वास्थ सेवा लिन आउने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरु प्रभावित हुदै आएको थियो ।
चर्पी निर्माणले स्वास्थ सेवा प्रवाहमा थप सहयोग पुग्ने स्वास्थ चौकीका प्रमुख सम्भु राउतले जानकारी दिए ।
स्वास्थ चौकीका लागि देखाएका उदारता र सहयोगका लागि आरआरपिके परिवारलाई विशेष धन्यावाद दिनुका साथै वडाअध्यक्ष अजय साहले समेत सहयोग गर्दै आउनुभएकोमा उहाँको प्रशंसा गर्दै सहयोगका निरन्तरताका लागि अपिले समेत राउतले गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय रोजगार प्रबर्दन केन्द्रका अध्यक्षका गायत्री देवीले यो संस्थाले गोडैता नगरपालिकाका शिक्षा स्वास्थ र जिवकोपार्जनका क्षेत्रमा निरन्तर क्रियाशिल भएर काम गर्दै आएको बताईन ।
आरआरपिकेको समुन्न्ती कार्यक्रम अन्तर्गत नयाँ शौचालय निर्माण गरी स्वास्थ चौकीलाई हस्तानान्तरण गरिएको बताउदै निर्माण गरिएको सार्वजनिक सम्पत्तिको संरक्षण, सम्बर्दन र सरसफाईमा समेत ध्यान दिनमा स्वास्थ चौकी, कर्मचारी, जनप्रतिनिधि तथा स्थानियवासीलाई आग्रह समेत उहाँले गरिन ।
जयपुर स्वास्थ चौकीलाई आवश्यकताका अनुसारका सहयोग गर्दै आएको वार्ड न. ३ का वडाअध्यक्ष अजय साहले दाबी गरे । नयाँ भवन निर्माणका लागि ठाउँको अभाव रहेको गुनासो गर्दै उहाँले चालु आर्थिक बर्षमा गेट मर्मत सम्भार, प्रतिक्षालय निर्माण तथा आवश्यता भएर अन्य विकास निर्माणका कार्य गरिने उहाँको बताए ।
विगतका दिनहरुमा समेत स्वास्थ चौकीमा सहयोग गरेको बताउदै अगामी दिनहरुमा समेत सहयोगका लागि निरन्तरता दिने उहाँले प्रतिबद्वता जनाए ।
राष्ट्रिय रोजगार प्रबर्दन केन्द्रका अध्यक्ष गायत्री देवीको प्रमुख आतिथ्यता तथा वडाअध्यक्ष अजय साहको अध्यक्षतामा सम्पन्न भएको हस्तानान्तरण कार्यक्रमलाई स्वास्थ चौकी प्रमुख सम्भु राउतले संचालन गरेका थिए ।
कार्यक्रममा आरआरपिकेका फिल्ड अफिसर सृजना घिमिरे, इन्जिनियर विपिन यादव, कार्यक्रम परिचालक संजिव चौधरी, सामुदायिक परिचालक राकेश ठाकुर, मिल सहायक रंजना देउवा, निर्माण समितिका अध्यक्ष मदन मुखिया, स्वास्थ चौकीका सुचना अधिकारी आशुतोष यादव, अनमी पिंकी यादव, अंशु कुमारी कुशवाहा, समाजसेवी ननिपत महतो, जितेन्द्र महतो, वार्डका ६ वटै महिला स्वयम सेविका लगायत स्थानियवासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।




