जनकपुरधाम- आज साउन महिनाको पहिलो सोमवार । देशभरका शिवालयहरुमा भक्तजनहरुको आज बिहानैदेखि भिड लागेको छ ।

हिन्दु परम्परानुसार साउने सोमबारीलाई बिशेष महत्व दिएर ब्रत बसी पुजाआजा गर्ने प्रचलन रहेको छ । भक्तजनहरु भगवान शिव अर्थात महादेवको पुजाआजा र शिवलिङगमा पुष्पजल अर्पण गरेर पूजाअराधना गर्ने चलन रहि आएको छ ।




विभिन्न पवित्र नदी, जलाशय, कुण्ड लगायतको जल खाली गोडा तथा पैदलै हिडेर शिवलिंगमा चढाउने सोमबारीको विशेषता रहेको छ । विशेष गरि साउनको सोमबार ब्रत लिने र शिवालयहरुमा जल चढाउने चलन पछिल्लो दशकमा लोकप्रिय बन्दै गएको छ ।

जनकपुरको शिवचोक स्थित शिव मन्दिर, कपिलेश्वरका महादेव मन्दिर क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गतका क्षीरेश्वरनाथ, जलेश्वरको जलेश्वरनाथ लयागतका शिवालय र शिव मन्दिरहरुमा बिहान सवेरैदेखि जल चढाउने भक्तजनहरुको भिड लागेको छ।








