
महोत्तरी - महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले साना किसान (कृषक) हरुलाई अनुदानमा पावर टिलर , मिनी टिलर लगायतका प्रविधिहरु वितरण गरेको छ ।

मटिहानी नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र रतौली युवा क्लव द्वारा पालिकामा सञ्चालित कृषि तथा पशुमा आधारित साना किसान तथा उधमशीलता विकास कार्यक्रम अन्तर्गत ७० प्रतिशत पालिका र ३० प्रतिशत मूल स्वावलम्बी समूहहरुको सहयोगमा आज एक कार्यक्रम बीच मटिहानीमा पावर टिलर १५ थान, मिनी टिलर ८ थान, थ्रेसर ७ वटा र चाप कटर ३५ वटा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले वितरण गर्नुभयो ।

सो अवसरमा बोल्नुहुँदै प्रमुख मण्डलले ७३ लाखको लागतमा खरिद गरी छिटो छरितो र सहज रुपमा काम गर्ने प्रविधिहरु कृषकलाई वितरण गरिएको भन्नुभयो ।

नौं वड़ा रहेको मटिहानी नगरपालिकाका २२ वटा समूहलाई सामाग्री दिएको कुरा प्रोजेक्टका कर्मचारी महेश यादवले बताउनु भयो ।

रतौली युवा क्लवको कार्यकारी निर्देशक बैधनाथ चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, वड़ाध्यक्षहरु शिवशंकर कुमार राय, रयुफ शेष, नाजिर मिया, अब्दुल गफार राईन, कलीम अंसारी र रितेश साह, योजना अधिकृत राजेश कुमार शर्मा, पार्टी प्रतिनिधिहरु श्याम कुमार मण्डल(लोसपा), उपेन्द्र प्रसाद चौधरी (नेका), उमाशंकर साह (जनमत) कार्यपालिका सदस्यहरु लगायत स्थानीयहरु सहभागी रहेको थियो ।
