मंजित राम,सोनमा।महाेत्तरीकाे साेनमा गाउँपालिका ५ खैरबनीमा गेरुकाधाम स्थित गेरुका नदीमा स्नान गर्ने भक्तजनहरुकाे घुईचाे लागेकाे छ।
साेनमा गाउँपालिका ५ खैरबनीमा मंगलबार देखि शुरु भएको मलिमास अर्थात् पुरुषोत्तम मासको अवसरमा मेलाको आयोजना समेत गरिएको छ।



भगवान् विष्णु मलिमासमा गेरुका नदिमा वास बस्ने मान्यता जनविश्वास रहेको छ।
महोत्तरी जिल्लाकाे साेनमा गाउँपालिका हुलाकी राजमार्गमा पर्ने साथै पश्चिमी तर्फ सर्लाही र दक्षिणमा भारत विहारकाे भेढहिया संग सिमाना जाेडिएकाे तिर्थ स्थल अहिले भरि-भराव तथा मनाेरम बनेकाे छ।
भारत र सर्लाही सिमानामा अवस्थित उराहिनी संगम गेरुका नदिमा स्नानका लागि भारतकाे विहार,सर्लाही लगाईत महाेत्तरी,जिल्लाका विभिन्न गाउँका मठ मन्दिरहरूबाट महन्थ, साधुसन्त ,राम नाम जाप सहितको किर्तण टाेलिहरुले गेरुकामा स्नान गर्न पुगेका थिए ।
श्रावण २ गतेदेखि ३१गतेसम्म ५ मंगलबार र ४ आईतवारकाे दिन गेरुका नदिमा स्नान गरिने भगवान् विष्णु चीरसागरमा विराजमान हुने मान्यता रहेको छ।
गेरुका मन्दिरका महन्थ बालक दास, मधेस प्रदेश क्षेत्र नं ४क काे पूर्व संसद काैशल कुमार यादब, साेनमा गाउँपालिका अध्यक्ष बिशेसवर यादब , वडा अध्यक्ष दिल कुमार यादब लगाईत विभिन्न मठमन्दिरका महन्थहरु सहभागी रहनु भएको थियो ।
गेरुकाधाम तथा सर्लाहीसंग सिमाना जाेडिएकाे गाउँमा पनि श्रावण महिना भरि सति विहुला काे मेला लाग्ने भएको छ।
गेरुका र बिहुला सति जोडने धार्मिक स्थललाई हुलाकी राज मार्ग सहज बनाएकाेछ ।१० मिनेटकाे दुरीमा रहेको दुई धार्मिक स्थललाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न सके भन्ने जीवन स्तरमै फर्काे मार्न सक्ने महन्थ बालक दासले बतानु भएको छ।
प्रत्येक पाँच वर्षको अन्तरालमा मलिमास पर्ने गरको छ। गेरुका मेलालाई मध्यनजर गरिदै सुरक्षा व्यवस्था करा परिएका ईलाका प्रहरी कार्यलय गाैशालाका ईन्चार ,मनाेज यादवले जानकारी दिनुभएको छ।
अहिले गेरुका नदिमा पानीको बहाव निक्कै कम भएकाले कान्ताबा सिचाइ बान्धकाे फाट्टक खाेलाई पनि व्यवस्थित गरिने वडा अध्यक्ष दिल कुमार यादबले बताउनु भएको छ।




