कृष्ण राज गिरी/भैरहवा
रुपन्देहीको तिलोत्तमा नगरपालिका मा पाठ्य पुस्तक रहित सिर्जनशील शुक्रवार कार्यक्रम लागु भएको छ।
तिलोत्तमा नगरपालिका ले विहिवार सुचना जारी गर्दै नगर भित्र का सम्पुर्ण सामुदायिक तथा संस्थागत विधालय हरु मा प्रत्येक शुक्रवार पाठ्यपुस्तक रहित सृजनात्मक सीप विकास कार्यक्रम संचालन गर्ने भनि उल्लेख गरेको छ।
शुक्रवार लाई पाठ्यपुस्तक रहित शुक्रवार गर्ने निर्णय भएको ले सम्पुर्ण सामुदायिक तथा संसंथागत विधालय हरु लाई उच्च प्राथमिकता साथ अगाडी वढाउने र प्रत्येक शुक्रवार कला, योग शिक्षा, साहित्य, संगित ,खेलकुद लगाएत का सृजनात्मक कार्य हरु र इमान्दारिता, अनुशासन, सदाचारिता सम्वन्धि व्यवहारिक शिक्षा प्रदान गर्न जानकारी गराएको छ।




