
कृष्ण राज गिरी/भैरहवा
रुपन्देही को सिद्धार्थनगर नगरपालिका ले लिने स्थानिय कर, सम्पत्ति कर मा आर्थिक वर्ष २०८०-८१ मा अत्याधिक बृद्धी गरे संगै स्थानिय नगरबासी आक्रोसित भएका छन् ।
नगरपालिका ले अत्याधिक र अनुचित कर बढाएर जनता लाई यो आर्थिक मन्दी मा राहत दिनु को साटो तनाव दिएको स्थानिय हरु ले आक्रोस पोखेका छन् ।

सिद्धार्थनगर नगरपालिका ले वढाएको सम्पत्ति कर को विरोध मा नेपाली कांग्रेस का नगर सभापति कोशिश बहादुर खड्का लगाएत ले इस्तियाक अहमद खान लाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र मा सिनपा द्वारा आर्थिक वर्ष २०८०-८१ को कर दायरा जनता को आय क्षमता भन्दा धेरै नै वढी आर्थिक कर वढाइएको मा तत्काल समय अवस्था अनुकुल समायोजन गर्न भनिएको छ।

त्यस्तै भैरहवा युवा संजाल का अध्यक्ष बैजनाथ गुप्ता ले पनि सिनपा ले चालिस गुना भन्दा धेरै कर एकैचोटी वढाउनु स्थानिय माथि अन्याय भएको भन्दै ज्ञापन पत्र नगर प्रमुख लाई बुझाएका छन् । ज्ञापन पत्र मा सिनपा द्वारा अनियमित तरिका ले बृद्धी गरेको कर ले स्थानिय आत्तिएका र बैंक,सहकारी संस्था वाट स्थानिय पिडित भएको ज्ञात हुदाँ हँदै पनि कर बढाउनु भनेको अत्याचार हो भनिएको छ। साथै पन्द्र दिन भित्र सच्चाएर जनता लाई राहत दिन पनि आग्रह गरिएको छ।
भैरहवा मा आज विहानै देखि चिया पसल देखि सामाजिक संजाल मा सिद्धार्थनगर नगरपालिका को यो कर बृद्धी को व्यापक विरोध भईराखेको छ।