
महोत्तरी- बर्दिबास नगरपालिकामा बर्थिंग सेन्टर एवम् जनस्वाथ्य प्रयोगशालाकाे शुभारम्भ भएको छ। बर्दिवास नगरपालिका वडा नम्वर १३ विजलपुराकाे स्वास्थ्य चाैकी भवनमा संचालन गरिएको सो बर्थिंग सेन्टर एवम् जनस्वाथ्य प्रयोगशालाकाे बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्रीले गरेका हुन्।
मेयर क्षेत्रीले उदघाटन समारोहलाई सम्बाेधन गर्दै एक महिना भित्रै विजलपुरा स्वास्थ्य चौकीमा एम्वुलेन्स दिने घोषणा गरे । उनले भने, ` निर्वाचित भए लगतै स्वाथ्य क्षेत्रमा कुनै किसिमको कमीकमजोर नहुन दिने गरी स्वास्थ्य क्षेत्रलाई सवल बनाउने उदघाेष गरे अनुसार यस वर्दिवास नगरपालिका वडा १२ र १३ का लागि स्वास्थ्य चौकीमा बर्थिंग सेन्टरको सुविधा थप गरेका छाैं।´ उनले यश सेवासुविधाले वडा १२ र १३ लाई मात्र नभई यसले छिमेकी नगरपालिका भंगहार ओैरही नगरपालिकाको सेवाग्राहीका लागि पनि सहयोग मिल्ने बताए।
गर्भवति महिला दिदिबहिनीहरुलागि सरकारले दिदै आएका सेवा सुविधामा थप आफू निर्वाचित भए लगतै एक हजार गरि जम्मा दुई हजार प्रतोसाहन भत्ता दिदै आएको र हालसालै बर्दिवास नगरपालिकाले गर्भवति महिला तथा असक्तका लागि नगर द्धारा निशुल्क एम्वुलेन्स सेवामा सहयोग गर्दै आएका मेयर क्षेत्रीले बताए। गाउँकै स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा भएपछि सुत्केरी हुनका लागि जनकपुर, काठमाडौं पुग्नुपर्ने बाध्यता हटेको छ ।अस्पताल पुग्न नसक्ने आर्थिकरूपमा विपन्न समुदायका गर्भवतीलाई घरमै असुरक्षितरूपमा सुत्केरी हुनुपर्ने अवस्थाको अन्त्य भएको बर्दिबास नगरपालिका वडा नं १३ विजलपुराका वडाध्यक्ष लक्ष्मण महतोले बताए ।
वडाध्यक्ष महतोले भने, “नगरपालिकाको सहयोगमा प्रसूति केन्द्र सञ्चालन भएको हो ।” वडा कार्यालयको पहलमा नगरपालिकाले प्रसूति केन्द्र स्थापनाका लागि उपकरणको व्यवस्थापन गरेको छ । उनले भने, “बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक पर्ने सबै उपकरण खरीद गरि उद्घाटन गरिएको छ ।” यसअघि सुत्केरी हुन जनकपुर, काठमाडौं र विराटनगरका अस्पताल जाने गरेका थिए । प्रसूति हुनका लागि लाखौँ खर्च हुने गर्दथ्यो । कमजोर आर्थिक अवस्था भएका गर्भवती घरमै असुरिक्षत रुपमा बच्चा जन्माउन बाध्य थिए ।
घरमै सुत्केरी हुनुलाई मातृ शिशु स्वास्थ्यका हिसाबले जोखिम मानिन्छ । बर्थिङ सेन्टरबाट बिजलपुरा, बर्दिवास र गौशालाका गर्भवतीलाई पनि सुविधा पुग्ने जनाइएको छ ।
























