फाइल फोटो
रोल्पा । रोल्पामा मंगरबार दिउँसो भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा एक महिला र तीन पुरुष गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ बस्ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् । यस्तै घटनामा १९ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि दाङ पठाइएको प्रहरीले जनाएको छ ।
रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका-७ तिला रिचि गाउँ भन्ने ठाउँमा दुर्घटना भएको थियो । बस सडकदेखि करिब १५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।




