
भैरहवा- वैदेशिक रोजगारी को लागि क्रोएसिया,सर्बिया र माल्टा पठाईदिने भन्दै ३८ लाख २५ हजार ३ सय ठगी गर्ने तीन जना लाई प्रहरी ले विभिन्न ठाउँ वाट पक्राउ गरेको छ।
पक्राउ पर्ने मा बारा जिल्ला जीतपुर सिमरा उप-महानगरपालिका वडा नं १ का २५ वर्षिय दिपेश बास्कोटा, सिन्धुपाल्चोक जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं ६ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ९ लुभु वस्ने ४६ वर्षिय भवानी बोहरा र धादिङ जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं १ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं १३ बाफल वस्ने लक्षमी श्रेष्ठ रहेकी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले जनाएको छ।
सर्बिया पठाईदिने भन्दै बल वहादुर थापा मगर लगायत तीन जना लाई आकर्षक तलव को प्रलोभन देखाई पिडित हरु सित पटक पटक गरि १७ लाख १७ हजार ३ सय रकम लिई सम्पर्क विहीन रही ठगी गरेको आरोप मा दिपेश बास्कोटा लाई बारा वाट पक्राउ गरिएको हो।
त्यस्तै क्रोएसिया पठाईदिने भन्दै बाबुराम कार्की सित २ लाख रकम लिई सम्पर्क विहीन भएका भवानी बोहरा लाई ललितपुर वाट र कुलमान कुमाल लगायत दुई जना सित माल्टा पठाईदिने भन्दै पटक पटक गरि ६ लाख ८६ हजार रकम लिई सम्पर्क विहीन भएकी लक्ष्मी श्रेष्ठ लाई काठमाडौं बाफल वाट पक्राउ गरिएको प्रहरी ले जनाएको छ।
वैदेशिक रोजगारी को नाम मा ठगी गर्ने तीनै जना लाई पक्राउ गरि थप अनुसन्धान तथा कार्वाही को लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का प्रहरी उपरीक्षक रविन्द्र रेग्मी ले जानकारी गराएका छन्।