भैरहवा- लुम्बिनी होटल संघ नेपाल ले लुम्बिनी विकास कोष को सम्पर्क कार्यालय काठमाडौं मा खोलिने निर्णय को विरोध जनाएको छ। लुम्बिनी विकास कोष को नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाको अध्यक्षतामा बसेको कोषको सचिवालय बैठकले २०८० साउन २६ गते लुम्बिनी बिकास कोषको सम्पर्क कार्यालय काठमाण्डौ मा स्थापित गर्ने निर्णय गरेको हो ।
लुम्बिनी होटल संघ नेपाल का अध्यक्ष गोविन्द ज्ञवाली ले लुम्बिनी विकास कोष को कुनै पनि बाहाना मा सम्पर्क कार्यालय को नाम मा उपाध्यक्ष कार्यालय काठमाडौं मा स्थानान्तरण गर्ने निर्णय गलत भएको र स्थानिय जनता, पर्यटन व्यवसायी र भद्र भलाद्मी नागरिक समाज एक ढिक्का भएर निर्णय वदल्न दवाव दिनु पर्ने बताए ।
अध्यक्ष ज्ञवाली ले साउन २६ गते प्रेस विज्ञप्ती जारी गर्दै स्थापना काल देखि केहि वर्ष अघि सम्म पनि लुम्बिनी ले भोगेको नियती काठमाडौं मा कोष को सम्पर्क कार्यालय को नाम मा मुख्य कार्यालय को काम गर्ने , हरेक साना साना निर्णय वैठक बसेर उतै गर्ने र लुम्बिनी मा कार्यान्वयन हुदाँ मात्र थाहा पाउने र स्थानिय जनता, पर्यटन व्यवसाही हरु ले उपाध्यक्ष समेत नचिन्ने , स्थानिय को गुनासो,पिर र सुझाव समेत कुण्ठित हुने लगाएत को समस्या वाट वल्ल वल्ल त्राण पाएको अवस्था मा फेरी नयाँ जिम्मेवारी साथ आएका उपाध्यक्ष को गलत निर्णय ले इतिहास दोहोरीने वताइएको छ।
साथै कुनै पनि वहाना मा सम्पर्क कार्यालय काठमाडौं मा खोलिने निर्णय को विरोध र निर्णय सच्चाउन पनि लुम्बिनी होटल संघ ले माग गरेको छ।लुम्बिनी को नेतृत्व लुम्बिनी मै बसेर गर्नु पर्ने र लुम्बिनी विकास कोष को नेतृत्व लुम्बिनी कै स्थानिय हुनु पर्ने जोडदार माग गरिएको र सरकार को निर्णय वदल्न दवाव पर्ने हुदाँ समय मै सचेत रही सबै एक ढिक्का भएर निर्णय को विरोध गर्न प्रेस विज्ञप्ती मा अनुरोध गरिएको छ।