
महोत्तरी- पिपरा गाउँपालिकामा बुधबार ट्याक्टरले किचिएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पिपरा गाउँपालिका -४ का ३५ वर्षीय कृष्णकुमार मिश्र रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार ज १ त ८१५३ नम्बरको ट्याक्टरबाट खेत जोतिरहेको बेला ट्याक्टर पल्टिदा उनको किचिएर मृत्यु भएको हो । उनी आफै खेत जोतिरहेको र ट्र्याक्टर ढल्दा उनि च्यापिएको प्रहरीको भनाइ छ ।
घटना भएको खबरपछि स्थानीयले उद्धार गरे पनि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए ।