
महोत्तरी- गौशला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोले आरोप कपोलकल्पित, नियोजित र दुराशयपूणर् रहेको भन्दै आरोपको खण्डन गरेकी छिन् ।
उनले शिरीष न्युज संग कुरा गर्दै आरोपको आधार र प्रमाण के छ ? प्रतिप्रश्न गरिन्, मैले राजस्वसम्बन्धी फाइल माग्दा नदिनु पर्ने कारण के हो ?
आफूलाई जानकारी नदिई ठेक्का लगाउने काम भएको उनको भनाइ छ । ठेक्कासम्बन्धी कागजात माग्नु नै दुर्व्यवहार हो ? उपप्रमुखले प्रश्न गरेकी छिन् ।
उनले नगरपालिकाका केही कर्मचारीहरु मेयर डा. दिपेन्द्र महतोको उक्साहटमा आफु विरुद्ध प्रयोग भई विभिन्न प्रकारको लाञ्छना लगाउन खोजेको आरोप लगाएकी हुन् । उनले नगरपालिकाका केही कर्मचारीहरु मेयरको उक्साहटमा आफु विरुद्ध प्रयोग भई विभिन्न प्रकारको लाञ्छना लगाउन खोजेको आरोप लगाएकी छिन् ।
उनले मेयर डा. महतोको निर्देशनमा हुलहुज्जत गर्ने, अनियमिता गर्ने, कमअशल काम गर्ने गरेको काममा हस्ताक्षर गर्न दवाव दिने जस्ता कार्यको विरोध गर्दा कर्मचारी लगाएर आफु विरुद्ध कर्मचारीलाई प्रयोग गरिरहेको आरोप लगाएकी छिन् । संविधानले दिएको अधिकार उल्घन गरेर जवरजस्ती गर्न खोज्ने तथा नगरका आसेपासे कर्मचारीलाई उक्साएर आफु माथि बिभिन्न आरोप लगाउने गरेको बताइन्।

उनले भनिन, ’आम नागरिक सेवाग्राहीको काम छिटो छरितो गरेर पठाउनु भन्दा दुःख दिने परिपाटीको विरोध गर्दा, म संग समबन्धित फाईल तथा रेकर्डहरु कर्मचारी मार्फत माग गर्दा हप्तौं नदिने जस्तो काममा अवरोध सृजना गर्ने गरेको स्थितबाट गुज्रिनुपरिरहेको छ ।’
उपमेयर महतोले भनिन, ‘राजश्व शाखाको कर्मचारी दिपेन्द्र यादव कार्यालयमै उपस्थित भएपनि बैठकको समन्वयनका लागि बोलाउँदा नआउनु, मोवाइल बन्द राख्नु, पटक-पटक अटेरी गर्नु जस्ता विषयमा भन्दा कुटपिटको आरोप लगाउनु लज्जाजनक विषय हो ।’ ‘मेरो कार्यकक्ष भित्रै मलाई हातपातको लागि नगरपालिकामा गुण्डाहरु बोलाएर धाकधम्की दिन लाउनु, मेरो अधिकार क्षेत्रको विषयमा हस्तक्षेप गर्नु, राजश्व परामर्श समितिको बैठकमा बोलाउँदा अटेर गर्नु, बैठकमा न आउनु जस्ता विषयमा बुझ्न खोज्दा कुटपिट आरोप लगाउनु निन्दनीय र अशोभनीय कार्य हो ।’

उनले भनिन, ‘क्रसर व्यवसायीको काम लुकिछिपि गर्ने, राजश्व परामर्शको समन्वयन बैठकमा न आउने अनि उल्टै भन्दा दिपेन्द्र नै अभद्र व्यवहार प्रदर्शन गर्यो । कर्मचारी दिपेन्द्र यादवले नै अस्वभाविक र अभद्र भाषा शैली प्रयोग गरेपछि मैले अनियमित किसिमको फाईल नियन्त्रणमा लिन खोजेको हुँ ।’ नेपाल सरकारको राष्ट्रसेवक कर्मचारीहरु जनताको काम गर्न, आम नागरिकको सेवाका लागि बसेको भएपनि विभिन्न वहानामा कार्यालय ठप्प पार्नु काम नगर्ने नियत जनतालाई हैरान गर्नु रहेको स्पष्ट हुन्छ । सेवाग्राहीको काम गर्न बसेको कर्मचारीले पटक-पटक नगरपालिकाको काममा अवरोध सृजना गर्नुले केही कर्मचारीहरुको नियत र मनसाय स्पष्ट हुन्छ । कर्मचारीहरु शासकको रुपमा जनताको सेवा प्रदान गर्नुभन्दा हैरान गर्न लागिपरेको उपमेयर महतोको भनाई छ ।