
महोत्तरी- गौशला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले उपमेयर रेणु महताेले ठेक्काको विषयलाई लिएर विभिन्न वहानावाजी गर्दै कर्मचारीलाई तनाव दिदै आएको बताएका छन् ।
कर्मचारीले गरेको गल्तीको सम्बन्धमा सुनवाई गर्ने निकाय हुँदाहुँदै समेत उपमेयरले गालीवेईज्जती र दुर्व्यवहारमा उत्रिनु अशोभनिय रहेको मेयर महतोले बताए ।
उनले छलफल मार्फत कर्मचारीलाई न्याय दिनका लागि आफु अग्रसर भएर भुमिका निर्वाह गर्ने गर्ने बताए। घटनाको विषयमा सुक्ष्म रुपमा बुझेर चाँडै नै नगर र वडाबाट उपलब्ध हुने सेवासुविधा निर्वाध रुपमा संचालन हुने वातावरणको निर्माणमा आफू लागि परेको मेयर महताेले जनाए।