महोत्तरी- नेपाली कांग्रेसले देशैभरीका स्थानीय तह निर्वाचनका लागि केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति गठन गरेको छ ।
केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिमा महोत्तरीबाट ३ जना मनोनित भएका छन् ।
मनोनित हुनेहरुमा आशाकुमारी यादव, रोशन ठाकुर र मोहन पाण्डे छन् । कांग्रेस स्थानीय तह केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा.प्रकाशसरण महतले गोविन्द भट्टराईको संयोजकत्वमा उक्त उपसमिति गठन गरेका हुन् ।
२२ चैतमा बसेको समितिको निर्णयअनुसार ७७ वटै जिल्लामा सदस्य रहनेगरी उपसमिति गठन गरिएको कांग्रेसले जनाएको छ ।