
कैलाश माझी /सप्तरी
सप्तरीको सप्तकोशी नगरपालिकामा २२ जना बिरामीमा डेंगी रोग संक्रमण पुष्टि भएको छ ।
सप्तकोशी नगरपालिका स्वास्थ्य चौकी फत्तेपुरका प्रमुख राजकुमार दासले उपलब्ध गराएको सूचना तथा जानकारी अनुसार श्रावण ३२ गते बिहिवार सम्म ओ पि डि सेवा लिन आएका ज्वरो बिरामिहरुलाइ प्रयोगशाला परिक्षण गर्दा २२ जनामा डेंगी रोग संक्रमण पुष्टि भएको हो । स्वास्थ्य चौकिका प्रमुख दासका अनुसार संक्रमण हुनेमा सप्तकोशी नगरपालिका वडा नं.१ बाट ११ जना, वडा नं. २ बाट ५ जना, वडा नं. ३ बाट २ जना, र वडा नं. ४ बाट ४ जना गरि जम्मा २२ जना रहेका छ्न ।
सप्तकोशी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख महेश प्रसाद चौधरीले आफ्नो घर वरिपरि सफा राखी गमला, टायर, बाल्टी, खाल्डा खुल्डीमा पानी जम्न नदिने घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान,दिउँसो र राती जुनसुकै बेला झुल लगाएर मात्रै सुत्ने भनी सम्पुर्ण नगरवाशीमा अनुरोध गरेका छ्न् ।
नगर प्रमुख कृष्ण प्रसाद ढकालका अनुसार अहिले देश भरी डेंगी रोगको महामारीले नेपाली जनता त्रसित भएको अवस्थामा नगरपालिकाले आफ्नो नगरवासीको ज्यानको रक्षा अनुरुप डेंगी नियन्त्रण गर्ने अभियान साथै लामखुट्टे बाट डेंगी रोग लाग्ने भएकोले लामखुट्टे नियन्त्रण गर्न औषधि छर्किने काम अबको केही दिनमा सुरु गर्ने बताएका छ्न् ।