महोत्तरी- गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारीले नगर कार्यपालिकाको बैठक संचार माध्यमबाट प्रत्यक्ष प्रशारण गर्नुपर्ने माग गरेकी छिन् ।
बुधवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण हुनुपर्ने माग गरेकी हुन् । उनले भनिन्, ‘बहुमतको आडमा आफूलाई चौतर्फी घेराबन्दीमा पार्न खोजिएको छ । कार्यपालिका बैठकमा के भईरहेको छ । कसको गल्ती छ । कसले के गरिरहेको छ ।



त्यो सबै जनताले बुझ्न पाउनुपर्छ।’ यसअघिको कार्यपालिका बैठकको निर्णयहरु समेत सार्वजनिक नभई रहेको प्रति आपति जनाउँदै कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण हुनुपर्ने विषयमा पटक पटक आवाज उठाउँदा पनि कुनै सुनवाई नभएको उनले उल्लेख गरिन् । कार्यपालिका बैठक लाईभ हुनुपर्ने विषयमा आज बुधवार) पनि निमित्त प्रमुख प्रशासकिय अधिकृत शौर्या साहलाई जानकारी गराएको उपमेयर रेनुले सुनाइन् ।
‘कार्यपालिका बैठक लाइभ गर्न आज हाकिम साबलाई पनि जानकारी गराएको छु। बैठक अलिक ढिलै भएपनि प्रत्यक्ष प्रसारण हुनुपर्छ,’ उनले भनिन् ‘ प्रत्यक्ष प्रसारणको व्यवस्था नगरिए बैठक बहिष्कार गर्छु । उपस्थित हुन्न् ।’
आज २ बजेको लागि कार्यपालिका बैठक डाकिएको छ ।




