
बर्दिबास नगर पत्रकार संजालको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ।
अधिवेशनबाट वरिष्ठ पत्रकार गोपाल प्रसाद बरालको नेतृत्वमा ९ सदस्य कार्यसमिती चयन गरिएकाे छ।
त्यसैगरी समितिकाे उपाध्यक्षमा यसोदा बस्नेत, सचिव विशाल बस्नेत, कोषाध्यक्ष सुनिता बराल र सदस्यहरुमा अजय साह, सुभद्रा भुजेल, बिक्रम प्रसाद रौनियार, राधाकृष्ण शर्मा र निकेश खनाललाई सर्वसम्मत ढंगले चयन गरिएको छ।

साधारणसभाले बिधानअनुसार नगर क्षेत्रभन्दा बाहिर कार्यक्षेत्र बनाएका दुई जना सदस्यहरूलाई तत्काल यश संजालकाे सदस्यता कायम नरह्ने निर्णय समेत गरेकाे नव निर्वाचित अध्यक्ष बरालले जानकारी दिए।उनले ती सदस्यहरू पुनः वर्दिवासलाई कार्य क्षेत्र बनाउने गरि फर्किदा प्रक्रियामा ल्याई सदस्यता प्रदान गरिने अध्यक्ष बरालले जनाए ।
त्यसैगरि वर्दिवासमा कार्यरत वाकी रहेका अन्य पत्रकारकाे आवेदन परेका र योग्यता पुगेका नगर क्षेत्रका पत्रकारहरुलाई सदस्यता थप्दै जाने नवनिर्वाचित सचिव विशाल बस्नेतले जानकारी दिए ।