
काठमाडौ । कृषि क्षेत्रका अग्रणी नमूना गाउँ विकास कार्यक्रमका संयोजक, अष्ट ज श्रोत साधन परिचालनका अभियन्ता शिव अधिकारीलाई अन्तर राष्ट्रिय सम्मान (Nepal International Excellence Award ) प्रदान गरिएको छ ।
नेपाल बंगला देश मैत्री संघ तथा दिपायल सिलगढी नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा उक्त संम्मान प्रदान गरिएको हो .यसरी विद्यमान श्रोत परिचालन गर्दै स्वदेशमै युवाहरुलाई रोजगार गराउने उपाएको खोजीमा निरन्तर लागि रहेका र इजरायली प्रविधिको प्रयोगबाट कृषि उत्पादन बढाने कार्यमा अग्रसर शिव अधिकारीलाई यो संम्मान दिईएकोमा सम्पूर्ण कृषि व्यवसायीलाई समेत हौसला मिलेको छ आशा छ अधिकारीबाट अझै धेरै योगदान देशले पाउने छ।
नेपाल पर्यटन बोर्डको सभा कक्षमा भाद्र १ गते भएको उक्त संम्मान कार्यक्रमका प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि माननीय शरत सिंह भण्डारीले प्रदान गर्नु भएको थियो ।