सर्लाही — मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित इलाका प्रहरी कार्यालय केशरगञ्जलाई भ्यान हस्तान्तरण गर्ने भएको छ।
शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणको कार्यलाई थप सुदृढ एवं प्रभावकारी बनाउने उद्देश्यले प्रहरी कार्यालयलाई भ्यान उपलब्ध गराउन लागिएको हो। नागरिक सेवा तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्रहरीलाई आवश्यक स्रोत–साधन उपलब्ध गराउँदै आएको जनाएको छ।
भ्यान भोली बिहान ७ः३० बजे इलाका प्रहरी कार्यालय केशरगञ्जलाई हस्तान्तरण गरिने नगर प्रमुख मनोज आचार्यले जानकारी दिनुभयो ।
भ्यान उपलब्ध भएपछि इलाका प्रहरी कार्यालयको नियमित गस्ती, अपराध नियन्त्रण, आकस्मिक उद्धार तथा नागरिक सेवामा थप सहजता पुग्ने अपेक्षा गरिएको छ। प्रहरीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन सवारी साधन महत्वपूर्ण हुने भएकाले प्रदेश सरकारको सहयोगले सुरक्षा व्यवस्थामा थप टेवा पुग्ने विश्वास गरिएको छ।







