
महाेत्तरी,(औरही)- प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेस नेतृ चन्दा चौधरीले इन्जिनियरिङ शुल्क मा भएको वृद्धि विरुद्ध भइरहेको अनसन मा एक्यवद्धता, बालबालिका को पढ्न पाउने अधिकार कुण्ठित नगर्न सरकार संग अनुरोध गरेकी छिन्। चौधरी ले इन्जिनियरिङ संस्था ले गरेको चर्को शुल्क वृद्धि विरुद्ध अनसनरत नेपाल विद्यार्थी संघ का इकाई सभापति सुलभ चापागाईंलाई भेटेर उनले गरेको अनसन प्रति एक्यवद्धता जनाएकी हुन्।
विगत ९ दिन देखि अनसनरत चापागाईंलाई वीर अस्पताल मा भेट्न पुग्नु भएकी चौधरी ले यो चर्को शुल्क वृद्धिले धेरै गरीब जनता का सन्तानहरुको गुणस्तरिय शिक्षा पाउने अधिकार हनन हुने भन्दै उनको आन्दोलन मा एक्यबद्धँता जनाएकी हुन्। विद्यार्थी नेता को स्वास्थ्य स्थिति बिग्रिदै गएको ले आफ्नो स्वास्थ्य को पनि विचार गर्न सांसद चौधरीले चापागाईंलाई अनुरोध गरेकि थिइनँ । चौधरीले यो चर्को शुल्क वृद्धि ले निम्न आय आर्जन भएका जनता लाई आफ्नो छोरा छोरी राज्य ले नै राम्रो विषय नपढा भनेर भनेको जस्तो भान भइरहेकोले आफूले संसद् बाट पनि सरकारलाई अनुरोध गरेको र चापागाईंले उठाएको मुद्दा एकदम जायज भएकोले पुरा हुने विश्वास पनि व्यक्त गरिन्।
मंगलबार भएको प्रतिनिधि सभा को बैठक को विशेष समय मा बोल्दै माननीय चन्दा चौधरी ले छिमेकी मुलुक भारतले आफ्नो १००० जना भन्दा बढी इन्जिनियर जसमा १०० जना भन्दा बढी महिला थिए, को मद्दतले चन्द्रमामा आफ्नो यान पठाइ रहदा, नेपाल सरकार ले भने इन्जिनियरिङ जस्तो समाज को आधारभूत विषयमा हुने पढाइकाे शुल्क बढाएर गरीब जनता का छोरा छोरी लाई पढ्न बाटै बन्चित गर्न लागेको आराेप लगाइन् ।
बैठक मा उनले एकै चोटि १५०% भन्दा बढीले भएको शुल्क वृद्धि ले निम्न तथा मध्यम आय भएका अभिभावक , निजामती कर्मचारी, मधेश पहाड हिमाल का किसान जस्ता समाज का सम्भ्रान्त बाहेक सबै जनता का सन्तान हरुले इन्जिनियरिङ जस्तो अत्यन्त आवश्यक विषय मा अध्ययन गर्न बाट बन्चित हुने भएको ले भएको शुल्क वृद्धि लाई तत्काल फिर्ता लिन सम्बन्धित सरोकारवालाहरु संग आग्रह गरेकि थिइनँ ।