महोत्तरी- १० बर्ष अगाडि रमेश भण्डारीले ब्याट्री उत्पादन केन्द्र खोल्दा धेरैले पत्याउनै सकेका थिएनन । एकैपटक पहिलोपटक २ करोड लगानी गर्दा लगानी पो फस्ने हो कि भन्ने परिवारजनको चिन्ता त्यतिकै थियो ।

तर कामप्रतिको आत्मबिस्वास र मेहनत हुने हो भने सफलता आफ्नै हातमा हुन्छ भन्ने १० बर्षपछि भण्डारी आफै उदाहरण वने । परिवारभित्रको सानो सेयरवाट सुरु भएको भण्डारीको ब्याट्री फ्याक्ट्री अहिले देशमा नै चर्चित छ ।




उन्ले पहिलोपटक बर्दिबासमा यो फ्याक्ट्री खोल्दा बर्दिबासमा मात्र हैन नेपालमा नै एउटै मात्र थियो । त्यसैले यो फ्याक्ट्री नेपालको पहिलो फ्याक्ट्री पनि मानिन्छ । अहिले मधेशमा उन्को सिको गर्दै ७ वटा फ्याक्ट्री खुलेका छन ।
प्रयोगबिहिन ब्याट्रीहरुलाइ प्रसोधन गरेर भण्डारीको यो फ्याक्ट्रीवाट निर्यात मात्र हुन्छ । बार्षिक ६० करोड भन्दा बढी भारतमा मात्र निर्यात गरिने भण्डारी वताउछन ।

`सिमा नाका कडाइ गरेर तस्करी रोक्ने हो भने हामी बार्षिक सय करोडको ब्याट्री बाहिर निर्यात गर्न सक्छौ ।´ उन्ले भने । ` हाम्रो बजार भनेको अन्तराष्ट्रिय बजार नै हो ।´
ब्याट्री वन्ने प्रमुख स्रोत भनेको कवाडी ब्याट्री हो । यस्मा देशैभरीका कवाडी संकलन केन्द्रमा संकलन गरिएका कवाडी ब्याट्रीहरुलाइ प्रसोधन गरिन्छ अनि यहाँवाट निर्यात गर्ने गरिन्छ ।
ब्याट्री फ्याक्ट्रीहरुको तथ्यांकअनुसार दैनिक १०० टन भन्दा बढी कवाडी ब्याट्री संकलन हुन्छ । सोही ब्याट्री नै आफुहरुको उत्पादन केन्द्रमा आइपुग्ने भण्डारीको भनाई छ ।

भण्डारी कसरी पनि सफल व्यवसायी मानिन्छन भने उनी आर्थिक बर्ष २०७६/०७७ मा मधेशको नै सर्वोकृष्ट व्यापारीकोरुपमा सुचिकृत भए । राज्यलाई सवैभन्दा बढी कर तिरेको भन्दै भण्डारीलाइ करदाता कार्यालयले समेत उत्कृष्ट व्यवसायीकोरुपमा सम्मान गरेको थियो ।
भण्डारीले ब्याट्री उत्पादन केन्द्र खोल्दा धेरैले नपत्याउनु स्वभाविक किन पनि थियो भने कवाडीहरुले संकलन गरेको ब्याट्रीको परनिर्भरता नै उत्पादन केन्द्रको मुख्य चरित्र हो ।
केही मान्छेहरुले फ्याकेको काम नलाग्ने ब्याट्रीहरु खोजेर पैसा कमाउने भण्डारीको सपनामाथी तत्कालिन समयमा कतिपय मान्छेले खिसिट्युरी पनि गरे ।
तर यहीँ ब्याट्री उत्पादन केन्द्र नै भण्डारीको अहिले सवथोक हो । भण्डारी आफ्नो पेशाप्रती मात्र इमान्दार छैनन राज्यको नियमप्रती पनि त्यतिकै इमान्दार छन । त्यसैले त बर्षेनी भण्डारी सवैभन्दा बढी कर तिर्ने सुचिमा पर्ने गर्छन ।
गाउँका कुना कन्दरादेखी सहरका चोकसम्म फ्याकिएका ब्याट्रीहरु कवाडीवालाहरुले जति ल्याउछन त्यति नै उत्पादनको दायरा बढ्ने गर्दछ ।
`सिमाना खुल्ला हुदा चै तस्करहरुको बिगबिगीले कवाडी ब्याट्री कम पाइने भएकाले उत्पादन र निर्यात कम नै हुन्छ ।´ भण्डारीले भने । `यदि नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहिरहने हो भने हामी १ बर्षमा सय करोड भन्दा बढी निर्यात गर्छौ ।´
अहिले मधेशमा खुलेका ब्याट्री उत्पादन केन्द्रले झण्डै ४ सय जनाभन्दा बढीलाइ प्रत्यक्ष रोजगार दिएका छन भने भण्डारीको उत्पादन केन्द्रमा मात्र २५ जनाभन्दा बढी काम गर्छन ।
सम्भावना खोज्दै प्रदेश भौतारिरहने युवाहरुका भण्डारी प्रेरणादायी पात्र मात्र वनेका छैनन प्रचुर सम्भावना आफ्नै ठाउँमा छ भन्ने उनी गतिलो उदाहरण पनि हुन ।

बर्दिबासमा नै जन्मे-हुर्केका भण्डारीले त्यसैले त बर्दिबासमा नै सफल उधोगी वनेर आफुलाइ स्थापित गरे ।
अहिले उत्पादन केन्द्रमा भण्डारीका ब्यवसायिक पाटनर मनोज दास पनि सगैँ छन । बजार ब्यवस्थापन देखि ग्राहकसंगको सम्पर्क भण्डारी आफै गर्छन भन्ने भित्री व्यवस्थापनको जिम्मेवारी मनोज दासले सम्हालेका छन ।
भण्डारीको बुझाइमा कुनैपनी कार्य गर्न उत्तारचढाव र चुनौतिहरुको सामना गर्नै पर्छ तर सकारात्मक र आशावादी भएर काम गरे अपेक्षित नतिजा नै हात पार्न सकिन्छ भन्ने उन्लाइ आफ्नै अनुभवले सिकाएको छ ।
`जीवन शुन्दर छ । तर आत्तिन र मात्तिन हुदैन ।´ भण्डारी भन्छन ।
सफल वन्नको लागी पारिवारिक नैतिक समर्थन र हौशल्ला महत्वपूर्ण रहेको वताउदै भण्डारी आफू सफल हुन पनि बुवा-आमा, दाजुभाइ, दिदिबहिनी र श्रीमतिको ठूलो योगदान रहेको उनी सम्झन्छन ।
भण्डारीका ३ दाजुभाइ मध्ये माइलो भाइ कुमार भण्डारी र कान्छो भाइ बिनोद भण्डारी पनि बर्दिबासका सफल व्यवसायी हुन । माइलो भाइ कुमार मारुती सिमेन्टको मुख्य आधिकारिक बिक्रेता हुन भने कान्छो प्रसिद्ध सुन पशल रक्षा ज्वेलर्सका संचालक तथा होटल रिसोनाका संचालक हुन ।
दाजु रमेशले गृह ठाउँमा जसरी सम्भावना खोजेर आफुलाइ सफल व्यवसायीकोरुपमा स्थापित गरे त्यसरी नै उन्का माइला र कान्छा भाईले पनि यही सम्भावना खोजे ।
ब्यवसायवाट नै आर्थिकरुपमा सम्पन्न वनेका भण्डारी परिवार अहिले मधेशमा सफल व्यवसायको पर्यायवाची वनेका छ ।




