
काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पाँचौं विकेट गुमाएको छ ।
पाँचौं विकेटका रुपमा सोमपाल कामी पेभेलियन फर्किएका हुन् । Tata Folliderm उनी ४६ बलमा चार चौकाको मद्दतले २८ रन बनाउँदै आउट भए ।
उनलाई पाकिस्तानी बलर ह्यारिस रउफले मोहम्मद रिजवानद्वारा क्याच गराए ।
नेपालले १७ ओभरमा पाँच विकेट गुमाएर ८२ रन बनाएको छ ।