
महोत्तरी- सम्सी गाउँपालिकामा तालाबन्दी गरिएको छ।
सम्सी गाउँपालिका वार्ड नंबर-६ नूरनगर टोलका जनताहरुले आज गाउँपालिकाको कार्यालयमा ताल्चा लगाए हुन् ।
नूरनगर टोलका जनताहरुले विधुतको भोल्टेज नभएको हुँदा नयाँ बढी पावरको ट्रांसफार्मर को माग गर्दै ताल्चा लगाएका हुन् ।
उनिहरुले गर्मीको कारण भोल्टेज नहुँदा बत्ती पनि मधुरो बल्नुको साथै पंखा पनि विस्तारै चल्ने भएको हुँदा निकै समस्या झेल्नु परेको स्थानीय मोहम्मद जफरले बताए । पटक पटक नयाँ ट्रांसफार्मरको लागि माग गरेपनि कुनै सुनवाइ नगरेको हुँदा गाउँपालिका कार्यालयमा ताल्चा लगाउन बाध्य भएको जफरले बताए ।
स्थानीयले गाउँपालिका अध्यक्ष राम नाथ यादव र प्रमुख प्रशासकीय अधिकृत गणेश चन्द्र मिश्र पालिकामा कहिले काँही मात्र आउने धेरै जसो समय जनकपुरधाम मै बस्ने गरेको आरोप लगाएका छन् ।
उनिहरुले समाजिक संजाल फेसबुक मै एक स्टाटस लेखेर गाउँपालिका अध्यक्ष रामनाथ यादवलाई बसाइसराइ गरेर आउने चुनाव उतै बाट लड्नु भनेर कटाक्ष समेत गरेका छन् ।