
गणेश कुमार सिंह/गौशला
महोत्तरीको गौशालामा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । गौशाला नगरपालिका वडा नं. १२ पुरानो कन्तिबजारमा बस्ने ३८ वर्षीय विजय ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
घरमा सुतिरहेको अवस्थामा राति ३ बजेतिर सर्पले घाटीमा टोकेको थियो । उनलाई सर्पले टोकिसके पछि उपचारका लागि बर्दिवास सर्पदन्श उपचार केन्द्रमा लगिएको थियोे ।
बर्दिवास सर्पदन्श उपचार केन्द्रमा लगेपछि उपचारको क्रममा भेन्टिलेटरको आवश्यक परेपछि त्यहाँ एउटै भेन्टिलेटर भएकोले उपचार हुन नसकेपछि थप उपचारको लागि बर्दिबास जनसेवा हस्पिटलमा रेफर गरियो। उनलाई बर्दिबास जनसेवा हस्पिटलमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।