बर्दिवास- होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको नयाँ कार्यसमिति चयन गरिएको छ।
आइतवार सम्पन्न पाँचौ साधारण सभा तथा चौथो जिल्ला अधिवेशनबाट गुञ्जबहादुर कार्की (गोपाल)को नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।
निर्वाचित पदाधिकारीको प्रथम उपाध्यक्ष अमित बस्नेत, द्वितीय उपाध्यक्ष बलराम श्रेष्ठ, तृतीय उपाध्यक्ष मिनबहादुर थापा
महासचिव नारायण घिमिरे, सचिव परमेश्वर महतो, सह सचिव अंमृत श्रेष्ठ , कोषाध्यक्ष विमल भण्डारी र सह कोषाध्यक्ष धनेश्वोर साह चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा आरती घिमिरे, कमला कोईराला, मिरा पराजुली, उमेश महतो, मुकेश साह, विनोद भण्डारी, विश्वास ढुङ्गेल, सन्तोष श्रेष्ठ, साविर हुसेन, रोशन कार्की, हर्क बहादुर दाहाल र ज्ञानु राउत रहेका छन् ।