
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारलाई ‘चोर’ को संज्ञा दिँदै ‘सिंहदरबारमा नै आगो लगाउने’ चेतावनी दिएको स्ट्याटस सुटुक्क डिलिट गरेका छन्।
शनिबार राति लेखिएको ‘अराजक पोस्ट’ माफी नमागी सोमबार बिहान सुटुक्क हटाएका हुन्। मेयर शाहले आफ्नी श्रीमती चढेको काठमाडौं महानगरपालिकाको सरकारी गाडी बिदाको दिन रोकिएकोप्रति आक्रोश व्यक्त गर्दै सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका थिए।
महानगरपालिकाको मेयरले सरकारी बिदाको दिन श्रीमतीलाई सरकारी गाडी चढाएर पदको दुरुपयोग गरेको भन्दै आलोचना भएको थियो। आलोचना भएपछि मेयर बालेनका समर्थकले बालेन पत्नी सबिना काफ्लेलाई प्रसूति ब्याथा लागेकाले आकस्मिक रूपमा प्रयोग गरिएको बहाना बनाउँदै बचाउ गरेका थिए। तर, सविना ९ दिनअघि नै सुत्केरी भएको खुलेको थियो।
तर, सेन्टिमेन्ट बटुल्ने प्रयाससमेत असफल भएपछि मेयर शाहले आफूले लेखेको पोस्ट सुटुक्क हटाएका हुन्।
फेसबुकबाट सिंहदरबारमा नै आगो लगाउने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै उनको आलोचना भइरहेको छ। उनले लेखेका थिए, ‘‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख् चोर सरकार।’’
शनिबार सरकारी बिदामा सरकारी गाडी शनिवार चलाउन जिल्ला प्रशासनको पत्र चाहिने प्रहरीले बताएका थिए। त्यसपछि ड्राइभरले गाडी काठमाडौं महानगरका मेयर बालेन्द्र साहको भएको बताए।
बिदाको दिन गाडी नचलाउन भन्दै प्रहरीले एकै छिन सोधपुछ गरेर गाडी छोडेको थिए। गाडी यसरी रोकिएको आक्रोशमा मेयर बालेनको अराजक स्ट्याटस आएको थियो।
राखिएको स्टाटस यो थियो

अहिले स्टाटस डिलेट भएपछि
