महोत्तरी – महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले पशुपालक कृषकहरुलार्इ हिउँदे घाँसको बिउ वितरण कार्यक्रम आज देखि सुरु गरेको छ ।
यसै बीच एक कार्यक्रममा पशुपालक कृषकहरुलार्इ हिउँदे घाँसको बिउ वितरण कार्यक्रमको शुभारम्भ मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मण्डलले गर्नुभयो ।



यसै अवसरमा बोल्नु हुदैँ नगर प्रमुख मण्डलले यो बिउँले कृषकहरुलार्इ पशुपालनका लागि घाँसको अभाव हताउन मद्दत पुग्ने कुरा भन्नुभयो।

मटिहानी नगरपालिकाको ९ वटै वडाका ५०० पशुपालक कृषकहरूलाई बर्सिङ्ग र जौको बिउँ वितरण गरिने कार्यक्रम रहेको र पालिकाले प्रत्येक वर्ष यो बिउँ बितरण गर्दै आर्इरहेको कुरा पशु सेवा प्राविधिक दिलिप कुमार यादवले जानकारी दिनुभयो।
उक्त कार्यक्रममा मटिहानी नगरपालिका वडा नं.६ का वड़ा अध्यक्ष कलीम अंसारी, जिल्ला समन्वय समिति महोत्तरीका सदस्य राम लखन पंजियार, मुसाफिर सहनी लगायतका कृषकहरुको उपस्थिति रहेको थियो ।




