
भैरहवा- नक्कली नेपाली नोट को कारोवार मा संलग्न एक जना लाई काठमाडौं स्वयम्भु वाट प्रहरी ले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवन वाट खटिएका प्रहरी टोली ले गोर्खा जिल्ला वडा नं ४ धारापानी घर भई हाल काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं ८ वस्दै आएका ३८ वर्षिय गौरव थापा रहेको प्रहरी ले जनाएको छ।निज थापा सित प्रहरी ले एक हजार दर का १०० थान नक्कली नोट र दुई थान मोवाइल वरामद गरेको छ।
काठमाडौं महानगरपालिका वडा नं १५ स्वयम्भु एरिया मा नक्कली नोट को कारोवार भईरहेको विशेष सुचना को आधार मा अपराध अनुसन्धान कार्यालय काठमाडौं वाट खटिएका विशेष प्रहरी टोली ले भाद्र १९ गते नक्कली नेपाली नोट एक लाख सहित गौरव थापा लाई पक्राउ गरी आवश्यक कार्वाही को लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन का प्रवक्ता, सुचना अधिकारी एवं प्रहरी उपरीक्षक रबिन्द्र रेग्मी ले जानकारी गराए।