भैरहवा- रुपन्देही प्रहरी ले सिद्धार्थनगर नगरपालिका वडा नं. ४ लुम्बिनी रोड वाट विभिन्न लागु औषध सहित एक भारतिय नागरिक सहित तिन जना लाई पक्राउ गरेको छ। पक्राउ पर्ने मा रुपन्देही जिल्ला मर्चवारी गाउँपालिका वडा नं. १ का २६ वर्षिय शैलेश कुमार सहानी, कोटईमाई गाउँपालिका वडा नं. २ का २१ वर्षिय रामकरण हरीजन र भारत को महाराजगंज जिल्ला नौतनवा थाना ग्राम बरवाभुज वडा नं. १३ का ३० वर्षिय सुरज कुम्हाल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।
सिद्धार्थनगर नगरपालिका वडा नं. ४ लुम्बिनी रोड मा अबैध लागु औषधको कारोवार भइरहेको छ भन्ने रुपन्देही प्रहरी लाई प्राप्त गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले लु ३३ प ७२६ नं. को स्कुटी र लु ११ प ४१०२ नं. को मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा तिन जना को साथबाट ठुलो परिमाणमा लागु औषध बरामद गरी नियन्त्रण मा लिएको छ।
बरामद गरिएको लागु औषध हरु मा फेनरागन ६०० एम्फुल, डाईजेपाम ६०० एम्फुल, टालजेसिकः- ६०० एम्फुल, ब्राउन सुगर १ ग्राम रहेको रुपन्देही प्रहरी ले जनाएको छ।
लागु औषध सहित फेला पारी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ल्याई सो सम्बन्धमा थप अनुसन्धान कार्यको लागि रुपन्देही जिल्ला अदालतमा पेश भएकोमा अदालत वाट ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन् ।