
महोत्तरी- नेपाल सांस्कृतिक महासंघ बर्दिबास नगरपालिकाको प्रथम अधिवेशन बुधबार सम्पन्न भएको छ । नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि तथा नेपाल सांस्कृतिक महासंघको केन्द्रिय सदस्य तथा इन्द्र प्रसाद ढुंगेल (सीताराम) को सभापतित्वमा भएको अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस महोत्तरीको नेता चिरञ्जीवी हमाल ले गर्नु भएको थियो ।
प्रथम अधिवेशनबाट नेपाल सांस्कृतिक महासंघ बर्दिबास नगरको अध्यक्षमा सम्झना गौतम ,उपाध्यक्षमा मदन ढुंगेल र मिना कार्की ,सचिवमा कमला कार्की र लेख बिक्रम थापा , कोषाध्यक्षमा बेचु विश्वकर्मा, सह सचीवमा पुजा महतो चयन हुनु भएको छ। त्यस्तै सदस्यमा सुरेश पौडेल , झोकी लाल महतो, मदन राउत ,रुपक लामा , नागेन्द्र कुमार सिंह , नवल किशोर महतो, बुद्धिमान लोन , चण्डीका बस्नेत , मिदुला बराल , कल्पना आचार्य , महिमा सिंह , राजाराम यादव मनोनीत भएको छ। भने सान्सकृतिक महासंघको महोत्तरी जिल्ला अधिवेशन सफल गराउनको लागि जम्मा ११ जना लाई जिल्ला प्रतिनिधि बनाइए ।
जिल्ला प्रतिनिधिमा क्रमशः ईन्द्र प्रसाद ढुंगेल ( सिताराम) , रत्न प्रसाद कोइराला , रमेश खत्री , बन्दना पौडेल , सुमित्रा कार्की भण्डारी , देव कुमारी पौडेल , तुलसी पन्थी खतिवडा , सुरेन्द्र साह, रुद्र बहादुर थापा ,निरन्जन बुढाथोकी र सुखलाल महतो रहेका छन् ।