महोत्तरी — महोत्तरीको गौशाला नगरपालिका–१० स्थित समुदायिक फिल्ड (वडा कार्यालय अगाडिको मैदान)मा आजदेखि दुई दिने जितवाहन मेला महोत्सव सुरु भएको छ।

तराई क्षेत्रमा श्रद्धापूर्वक मनाइने जितिया पर्वको अवसरमा सुरु गरिएको यस महोत्सवमा सांस्कृतिक कार्यक्रम, विभिन्न स्थानीय खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना गरिएको छ। साथै, स्थानीय व्यापारीहरूले धार्मिक सामग्री, मिठाई, घरेलु उत्पादन र खानेकुराहरूका स्टलहरू राखेका छन्।

जितिया पर्व महिलाहरूले सन्तानको सुख, शान्ति र दीर्घायुको कामना गर्दै ३६ घण्टासम्म निराहार बसेर मनाउने गर्छन्। पौराणिक कथन अनुसार, राजा शालिवहानले एउटी महिलाका सात छोरालाई दैत्यबाट मुक्त गराइदिएका स्मरणमा महिलाहरूले यस व्रतलाई ‘जितवाहन’ नाम दिएर मनाउन थालेका हुन्।

मेला हेर्न गौशालावासीहरू परिवारसहित सहभागी भई रमाइलो गर्ने अपेक्षा गरिएको छ। आयोजक समितिका अनुसार मेलाले धार्मिक, सांस्कृतिक र सामाजिक एकताको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।


brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 34;




