
धनुषा- आयुष इटटा उद्योग सलार्ही हरिपुरका प्रोपाइटरले आफुले कसैलाई घुस रकम नदिएको र आफुसंग घुसको माग समेत नभएको स्पष्ट पारेका छन् । उद्योगको स्विकृतीको क्रममा मधेश प्रदेशका उद्योग, पर्यटन, वन मन्त्रिलाई १५ हजार रुपैया मन्त्रिलाई घुस नदिएको भनिएको हल्ला मात्रै भएको बताएका हुन् ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय कोषाध्यक्ष पत्रकार शितल साहसंग भएको टेलिफोन वार्ताको क्रममा मन्त्रिलाई आफुले घुस रकम नभई उद्योग संचालन गर्दा अनुगमन समितीको बसेको बैठकमा उद्योगबारे गरिएको परियोजना प्रस्तुतीकरणको क्रममा बैठक भत्ता १५ हजार रुपैया खर्च गरेको बताएका हुन् ।
यसैविच, उद्योग, पर्यटन तथा वन मन्त्रालयका मन्त्रि शत्रुधन महतोका स्वकिय सचिवालयले मन्त्रिले इटटा उद्योगीसंग १५ हजार रुपैया घुस लिएको भनि भ्रामक सामाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रि महतोको स्वकिय सचिव सोम प्रसाद शर्माले फागुन २४ गते एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिको नाम जोडेर व्यवसायीसंग घुस रकम लिएको भनि प्रचार गरिएको घटनामा सत्यता नभएको दावि गरेका छन् ।
सस्तो लोकप्रियताको लागि सुशासनको नाममा मौसमी प्रकृतिका छदमभेषी टिप्पणी गरिनु र मन्त्रिको राजनैतिक चरित्र हत्या गर्ने प्रपञ्च भएको बताएका हुन् ।
